शुक्रबार, कार्तिक ३०, २०८१ | Fri November 15, 2024


मादक पदार्थ सेवनमा सबभन्दा बढी कारबाही, चाँडबाडमा नागरिक सुरक्षित गर्न २२ नाकामा चेकपोष्ट : प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्य

मादक पदार्थ सेवनमा सबभन्दा बढी कारबाही, चाँडबाडमा नागरिक सुरक्षित गर्न २२ नाकामा चेकपोष्ट : प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्य



भक्तपुर, २१ असोज : काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले अहिले पनि मादक पदार्थ सेवनमा सबभन्दा बढी कारबाहीमा पर्ने गरेको बताउनु भएको छ । आज भक्तपुर उद्योग वाणिज्य संघले आयोजना गरेको ‘व्यवसायमैत्री वातावरणका लागि प्रहरी प्रशासन र ट्राफिक व्यबस्थापनको भूमिका विषयक अन्तरक्रिया’ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यले भन्नुभयो, “व्यबस्थित सडक, अनुशासित चालक र आफूले चलाउने सवारी साधनलाई सुरक्षित मात्र राख्न सके पनि दुर्घटना न्यूनिकरण हुन्छ । यी तीन कुराको पालना नहुँदा अहिलेपनि सबभन्दा बढी मापसेमा, त्यसपछि ओभर स्पिडमा र लेन अनुशासनमा बढी कारबाही हुने गरेको छ । चालक अनुशासित भएर सवारी चलाए दुर्घटना पनि हुदैन, ट्राफिक कारबाहीमा पनि पर्दैन ।”
समाजलाई सुरक्षित र व्यबस्थत राख्न कानून बनेको भन्दै उहाँले अनुशासित भएर कानूनको पालना गरे समाजलाई सुरक्षित र व्यबसिथ्त राख्न सकिने बताउनुभयो । सर्वसाधारणबाट गल्तिनै नहुने गरि सवारी चलाए कारबाही गर्नेै पर्दैन भन्दै उहाँले २५० किलोमिटर भन्दा बढी सवारी चलाउँदा दुई जना चालक राख्नु पर्ने व्यबस्था भएपनि गाडी मालिकले नियम पालना नगर्ने तर एक हजार जरिवाना तिर्ने गरेको बताउनुभयो ।
अतिरिक्त प्रहरी महानिरीक्षक बज्राचार्यले दशैँ तिहार लक्षित गरेर प्रहरीले उपत्यकामा २२ नाकामा चेक प्वाइन्ट राखेको, १४० स्थानमा पिकेट ड्युटी राखेको, मोबाइल गाडी, सादा पोशाकमा प्रहरी परिचालन गरेको बताउदै चाँडबाडको बेलामा कालोबजारी गर्ने, अखाद्य बस्तु बिक्री गर्ने र कतिम अभाव सृजना गर्नेलाई कडा कारबाही गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका ट्राफिक प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले ट्राफिक प्रहरीको जनशक्ति कम भएको बताउनुभयो । उहाँले भन्नुभयो, “उपत्यकामा जम्मा १८ सय ३५ जनशक्ति छन्, ट्राफिक प्रहरीको एक युनिटले ३० दशमलव १६ किलोमिटर र एक ट्राफिक प्रहरीले एक दशमलव २५ किलोमिटर क्षेत्रफल हेर्नपर्ने अबस्था रहेको छ, सवारी साधनले सबै हतारो गर्ने र ओभर स्पिडले गर्दा दुर्घटना भइरहेको छ ।”
जे नगर भन्छौ, चालकले त्यही गर्छन् अनि कारबाहीमा पर्छन् भन्दै उहाँले सर्भिस ट्रयाकमा सवारी सञ्चालनबारे छलफल गर्ने बताउनुभयो । उहाँले दुई पाङ्ग्रे सवारी साधान बढी दुर्घटना हुने गरेको बताउदै टिपरको रातीको स्पीड धेरै हुने गरेकाले राती दुर्घटनाको जोखिम बढेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले सडकमा ट्राफक लाईट नबल्दा समस्या भइरहेको भन्दै टिपरको स्पीडलाई रोक्नु पर्ने बताउनुभयो । भक्तपुरको समस्या समाधान गर्न आफू समन्वय गर्न तयार रहेको उहाँले बताउनुभयो ।
प्रशासनले जिल्लामा सुशासन कायम गर्ने सवालमा जिम्मेवारीपूर्वक लागिपरेको भन्दै उहाँले बजार सुशासन र सडक सुशासन गर्न प्रहरी एक्लैको प्रयासले मात्रै सम्भव नहुने भएकाले आमनागरिक सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्ष रोशनीमैँया धौबन्जा, संघका वस्तुगततर्फका उपाध्यक्ष राजेन्द्रप्रसाद प्रजापति, संघका पूर्वअध्यक्ष कृष्णप्रसाद ताम्राकार, संघका उपाध्यक्ष कृष्णमुरारी न्यौपानेलगायतले व्यवसायीमैत्री वातावरणका लागि प्रहरी, प्रशासन र ट्राफिक प्रहरीबीच समन्वय अत्यावश्यक रहेको बताउनुभयो । संंघका महासचिव नविन प्रजापतिले सडक, सवारी र ट्राफिक व्यबस्थापनमा धर्र समस्या रहेको बताउदै तीनवटै पक्षले समस्याका समाधानका लागि पटक पटक छलफल गरि निकास निकाल्नु पर्ने बताउनभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  इन्टरपोलबाट रेड नोटसि जारी भएका तीनफरार व्यक्तिहरू दुबईबाट पक्राउ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित