मङ्लबार, कार्तिक ११, २०८३ | Tue October 27, 2026


पूर्व राष्ट्रपति भण्डारी चीन भ्रमण सम्पन्न गरि स्वदेश फिर्ता

पूर्व राष्ट्रपति भण्डारी चीन भ्रमण सम्पन्न गरि स्वदेश फिर्ता



काठमाडौँ, ९ कात्तिकः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना भएको ‘ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी भएर आज स्वदेश फर्कनुभएको छ ।
स्वदेश फर्कने क्रममा अन्तरराष्ट्रिय त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आफू सम्मेलनमा भाग लिएर फर्किएको जानकारी दिनुभयो । ‘परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनःनिर्माण’ विषय रहेको उक्त ग्लोबल गभर्नेन्स सम्मेलन यही अक्टोबर २३ देखि २५ सम्म आयोजना भएको थियो । उक्त सम्मेलनलाई पूर्वराष्ट्रपति भण्डारीले विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्नुभएको थियो ।
उक्त सम्मेलनअन्तर्गत अक्टोबर २४ र २५ मा विभिन्न विषयमा समानान्तर सत्र, प्यानल छलफल र गोलमेच बैठक पनि भएको थियो ।
फोरममा संयुक्त राष्ट्रसङ्घ केन्द्रित अन्तरराष्ट्रिय प्रणालीको संरक्षण, विश्व शान्ति र शान्ति स्थापनाकार्यमा आवश्यक पर्ने सुधार, बहुपक्षीयताको प्रवर्द्धन, अन्तरराष्ट्रिय सम्बन्धमा विकासशील मुलुकको बढ्दो भूमिका तथा अन्तरराष्ट्रिय व्यापारमा ‘ग्लोबल साउथ’ का मुलुकको भूमिकालगायत विषयमा छलफल भएको थियो ।
सो सम्मेलनमा जलवायु परिवर्तन र यसको असर, हरित अर्थतन्त्र तथा न्यून कार्बन विकास, दिगो विकास, कृत्रिम बौद्धिकता र साइबर स्पेसलगायत विषयमा पनि बहस भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  नेपाल पत्रकार महासंघ भक्तपुरका नवनिर्वाचित पदाधिकारलाई सम्मान तथा बधाई ज्ञापन

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित