शुक्रबार, बैशाख १८, २०८३ | Fri May 01, 2026


 वडा कलाकार समितिले नेवाः फिल्म ‘तिबः द सपोर्ट’ प्रदर्शन गर्ने

 वडा कलाकार समितिले नेवाः फिल्म ‘तिबः द सपोर्ट’ प्रदर्शन गर्ने



ललितपुर, २७ साउन । ललितपुर महानगरपालिका १६ वडा कलाकार समितिले यही भाद्र १ गते शनिवार नेवाः (नेपालभाषा) को चलचित्र ‘तिबः द सपोर्ट’ प्रदर्शन गर्ने भएको छ । विहान ८ः३० बजे र ११ः३० बजे काठमाडौं जमलस्थित विश्वज्योति सिनेप्लेक्समा प्रदर्शन गरिने उक्त चलचित्र रवि साय्मिले  निर्देशन गर्नुभएको लोकप्रिय चलचित्र हो । नयाँ पुस्ताको विदेश मोहका कारण ज्येष्ठ नागरिकहरुको जीवनमा परेको प्रभावका विषय केन्द्रीत यो चलचित्रको हालसम्म १६ शो प्रदर्शन भएको छ भने लगातार हाउसफूल भइरहेको छ ।

सरजु रंजित र समिता रंजित श्रेष्ठले निर्माण गर्नुभएको यस चलचित्रमा छायाँकन तथा सम्पादन अमर चित्रकार, पाश्र्व संगीत तथा संगीत भूपेन्द्र बज्राचार्यको रहेको छ । चलचित्रमा सुशील राजोपाध्याय, आशाकाजी थकु, संघरत्न शाक्य, सरस्वती मानन्धर, मैंया मुनिकार, सुनीता श्रेष्ठ, मनोज महर्जन, श्रृष्टि महर्जन, पुष्करभक्त माथेमा लगायत कलाकारहरुको अभिनय रहेको छ ।

कला र कलाकारिता क्षेत्रको लागि समर्पित भइ अग्रसर ललितपुर महानगरपालिका १६ वडा कलाकार समितिले आर्थिक सशक्तताका लागि यो शो आयोजना गरेको हो । वडाको नियमित सहयोगबाहेक पनि थप सशक्त कार्यक्रम गर्दै जाने उद्देश्यले आयोजित यस प्रदर्शनले नेपालभाषाको चलचित्र क्षेत्रसँग, कलाकारिता क्षेत्रमा थप उर्जाशील कार्यक्रम आयोजना मात्र नभइ टिकट विक्रीमा सघाउने संघसंस्थालाई पनि टेवा पुग्ने गरी ब्यवस्था गरेको समितिका संयोजक बज्राचार्यले बताउनुभयो ।

कलाकार समितिले नेवाः संस्कृतिका महत्वपूर्व पर्वको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गर्नुका साथै गीत तथा नृत्य प्रतियोगिता, कलाकार भेला, म्यूजिक भिडियो वर्कशप,  ‘ललित रत्न’ सम्मान प्रदान गर्दै आएको छ । चार बर्ष अघि पहिलो पल्ट स्थानीय तहमा ललितपुर महानगरपालिका १६ वडामा वडा अध्यक्ष निर्मलरत्न शाक्यको अवधारणा अनुरुप कलाकार समिति स्थापना भएको हो । हाल अन्य वडाहरुमा समेत कलाकार समिति स्थापनाको अभियान चलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  एसईई नतिजा असार तेश्रो साता सार्वजनिक गरिने

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित