आइतवार, अशोज ११, २०८३ | Sun September 27, 2026


मुख्यमन्त्री किरण थापा र उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री राजेन्द्र प्रजापतिले आज राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानको अवलोकन

मुख्यमन्त्री किरण थापा र उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री राजेन्द्र प्रजापतिले आज राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानको अवलोकन



भक्तपुर, ११ असोज : मुख्यमन्त्री किरण थापा र उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री राजेन्द्र प्रजापतिले आज राष्ट्रिय विभूति शंखधर साख्वाः संग्रहालयको अवलोकन गर्नु भएको छ ।
मध्यपुरथिमि शंखधर चोकस्थित राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले सञ्चालन गरेको संग्रहालयको उहाँले अवलोकन गर्दै साख्वाःको योगदानकाबारेमा जानकारी लिनु भएको थियो । मुख्यमन्त्री थापाले शंखधर साख्वाःको योगदानलाई देशभर फैलाउँदै नेपाल संम्वत समग्र नेपालीहरुको सम्वत भएको प्रचार गर्नु आवश्यक रहेको बताउनुभयो ।
मन्त्री प्रजापतिले नेपाल सम्बत र शंखधर साख्वाःको योगदानको संचालित गतिविधि चासो दिनु भएको थियो । अवालेकनमा प्रतिनिधि सभा सदस्य मदनकृष्ण श्रेष्ठ र प्रदेश पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुबेदीलगायतलाई प्रतिष्ठानका अध्यक्ष ज्ञानराम प्रजापतिले शंखधर साख्वाःको योगदानकाबारेमा जानकारी गराउनु भएको थियो ।
उहाँले तीन तहकै सरकारले साख्वाःको संग्रहालयको बिस्तार गर्न र देशभर साख्वाःको योगदानलाई पुर्याउन सहयोग गर्न आग्रह गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  भूकम्प र महेशसंगसंगै आयो, भक्तपुरको मुहार फेर्ने विकास लिएर आयो : एमाले उम्मेदवार महेश बस्नेत

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित