भक्तपुर, ४ मङ्सिर : वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले स्वास्थ्य सेवा प्रवाहमा तीन वर्षसम्म देशभरकै सर्वोत्कृष्ठ हुन सफल भक्तपुर अस्पतालको सेवा खस्किदै गएको प्रति चिन्ता व्यक्त गर्नु भएको छ ।

आज भक्तपुर अस्पतालले आयोजना गरेको स्मारिका विमोचन एवं सम्मान कार्यक्रममा बोल्दै उहाँले भक्तपुर अस्पतालले फेरी पनि नेपाल सरकारको मूल्यांकनमा सेवा प्रवाहमा पहिलो हुने गरि काम गर्न निर्देशन दिनुभयो ।
रिफरल सेन्टरको रुपमा पुगेको भक्तपुर अस्पताललाई हालको वागमती प्रदेशको स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले यस अस्पतालमा नेतृत्व गर्दा दोश्रो हुदै तीन पटकसम्म देशकै सर्वोउत्कृष्ठ अस्पताल बनाउन सफल भएर पुरस्कार पाएको अस्पताल यसवर्षको मूल्यांकनमा खस्किए तेश्रो भएपछि मुख्य मन्त्री थापाले चिन्ता व्यक्त गर्नु भएको हो ।
उहाँले अस्पतालले सेवा प्रवाहलाई सुधारेर पहिलाकै अबस्थामा पुर्याउँन, अस्पताल व्यबस्थापन तथा सञ्चालन समिति, अस्पतालका निर्देशकदेखि प्रशासन र सबै कर्मचारीलाई निर्देशन दिनुभयो ।

उहाँले सेवामा सुधार नआए कारबाही गर्न बाध्य हुने बताउँदै भक्तपुर अस्पतालमा आएका विरामी उपचार नपाई फर्कने अबस्था आउन नहुनेमा जोड दिनुभयो । उहाँले अस्पतालले प्रकाशन गरेको स्मारिकाको विमोचन समेत गर्नुभयो ।
कार्यक्रममा वागमती प्रदेशका स्वास्थ्य सचिव डा. गौतमले रिफरल सेन्टरको रुपमा पुगेको अस्पताललाई कोरोना महामारीदेखि अघिल्लो वर्षसम्म देशकै उत्कृष्ठ अस्पताल बनाउन सफल भएपछि यसवर्ष तेश्रो भएपछि निकै दुःख लागेको बताउनुभयो । उहाँले सबै कर्मचारीले विगतमा जस्तै मिहेनत गरेर सेवा प्रवाहमा सुधान गर्न अस्पताल प्रशासनलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा वागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले अस्पतालमा आएका विरामीले विगतमा जस्तै सेवा पाउन अस्पताल प्रशासनले कुनै कसर बाँकी राख्न नहुने बताउनुभयो ।
अस्पतालका मेडिकल डाइरेक्टर डा. भित्रुवन चन्द्र झाले अस्पतालले गर्दै आएको सेवा र प्रयासकाबारेमा जानकारी गराउनु भएको थियो । अस्पताल व्यबस्थापन तथा सञ्चालन समितिका अध्यक्ष ज्ञानराम श्रेष्ठले मुख्यमन्त्री थापालाई अस्पतालको तर्फबाट सम्मान गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

