भक्तपुर, ४ मङ्सिर : नेपालकै सबैभन्दा पुरानो प्राचिन धरोहरका रुपमा परिचित लिच्छवीकालिन् ऐतिहासिक भक्तपुरको चाँगुनारायण मन्दिरमा हरिबोधनी एकादशीका दिन आज विहानैदेखि दर्शनार्थीको घुईचो लागेको छ ।
१८०० वर्ष पुरानो चाँगुनारायण मन्दिरका मूल पुजारी चक्रधरानन्द राजोपाध्यायले उपत्यकाका चार नारायण मध्येको जेठो नारायणको रुपमा मानिदै आएको नगरपालिका–४ स्थित विश्व सम्पदा सूर्चीमा सुचिकृत चाँगुनारायण मन्दिरमा आज बिहान २ बजेदेखि नै दर्शनार्थीहरुको भीड लागेको बताउनुभयो ।
पुजारी राजोपाध्यायले चार नारायणको दर्शन गर्दा जेठो नारायणको रुपमा पुजिने चाँगुनारायणको पहिलो दर्शन गर्नसके उत्तम हुने मान्यता रहेको र चार नारायण जान नसक्नेले चाँगुनारायणको मात्रै दर्शन गर्दा पनि पूण्य प्राप्त हुने मान्यता रहेको बताउनुभयो ।
धार्मिक मान्यता अनुसार सृष्टिकालमा मधु र कैटभ नामक दुई दैत्यसँग युद्ध गरी विजयी प्राप्त पछि थकित हुनुभएका भगवाण विष्णुले आषाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा शयन गरेको दिनलाई हरिशयनी एकादशी भनिने र त्यसको ठीक चार महिनापछि भगवान विष्णु पुनः जागा हुने भएकाले आजको दिनलाई हरिबोधनी अर्थात् “हरि जागरण”को प्रतीकका रुपमा मानिने परम्परा रहदै आएको पुजारी राजोपाध्यायले जानकारी दिनुभयो । आजका दिन नारायण शयनबाट जागा हुने भएकाले यसदिन चाँगुनारायणमा दर्शन गर्दा भगवाणको नजर पर्ने र आर्शिवाद प्राप्त हुने जनविश्वास रहेको उहाँले बताउनुुभयो ।
मन्दिरमा आन्तरिक तथा बाह्य पर्यटक र दर्शनार्थीको आगमना बृद्धि गर्न नगरपालिकाले यसवर्ष मेलालाई विशेष बनाएको नगरप्रमुख जीवन खत्रीले जानकारी दिनुभयो ।
मन्दिरमा सयपत्री फूलको मालाहरुले सिंगांरिनुको साथै रात्रीककालिन प्रहरका लागि झिलिमिलि बत्तिले निकै रौनक दिएको उहाँले बताउनुभयो । उहाँले मेलाका लागि स्वयंसेवक र सरक्षार्मी परिचालन गरि व्यबस्थित बनाइएको बताउनुभयो ।
नगर प्रमुख खत्रीले मन्दिर आउँने दर्शनार्थीलाई भक्तपुर नगरपालिकाको देकोचा, र व्यासी, चाँगुनारायण नगरपालिकाको तेलकोट, दुवाकोट, काठमाडौं मूलपानीलगायत पाँचवटा नाकाबाट मन्दिर आउन सक्ने गरि सडकको व्यबस्थापन गर्नुका साथै ट्राफिक व्यबस्थापनका लागि प्रहरीसंग समन्वय गरिएको बताउनुभयो ।
नगर प्रमुख खत्रीले भन्नुभयो, “चाँगुनारायण नगरपालिका भित्रको यस मन्दिर ऐतिहासक धरोहर हो, चाँगुनारायण मन्दिरका प्रचारप्रसार गरि विश्वभर यसको महत्व र महिमा पुर्याउन नगरपालिका लागिरहेको छ, चाँगुनारायणमा आन्तरिक तथा बाह्य पर्यटकको आगमनलाई बृद्धि गर्दै विश्वभर प्रचार गर्ने अभियान जारी छ ।”
चाँगुनारायण नगरपालिकाले सहज दर्शन र पूजा गर्ने व्यबस्था गर्न मन्दिरमा स्वयंसेवक एवं स्काउट, नगर प्रहरी र प्रहरी परिचालन गरिएको छ । उहाँले मन्दिरमा लाईन व्यबस्थापन गर्न डोरी लागेर मिलाइएको र लाइन बसेका भक्तजनलाई सहज एवं छिटो दर्शन गर्ने व्यबस्था गरिएको बताउदै बिहान चार बजेदेखिनै नगरपालिकाको टोली मन्दिरको मेला व्यबस्थापनमा खटिएको बताउनुभयो ।
आजका दिनमा चार नारायणको दर्शन गरेमा पूण्य प्राप्त हुने र चिताएको फल प्राप्त हुने जनविश्वास रहेकाले भक्तजनले भक्तपुरको चाँगुनारायण, काठमाण्डौँको शेषनारायण, ईचंकुनारायण र ललितपुरको विशंखुनारायणको दर्शंन गर्ने परम्परा रहेको छ ।
हरिशयनी एकादशीका दिन घरघरमा रोपेको तुलसीको मठलाई सिंगारेर पूजा गरी माला लगाई तुलसीको दामोदरसंग विवाह गराउने परम्परा रहेको छ । आजको दिनमा ब्रत बस्ने र चामलको परिकार खान नहुने परम्परा अनुसार पिडाँलु र सख्खरखण्डको परिकार खाने प्रचलन समेत रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

