भक्तपुर, २२ जेठ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भक्तपुरको प्रथम जिल्ला अधिवेशनले रामेश्वर बस्नेतको सभापतित्वम नयाँ कार्य समिति निर्वाचित गरेको छ ।
आज साँझ सम्पन्न अधिवेशनले जिल्ला सभापतिमा बस्नेत, उपसभापतिमा स्मृति भट्टराई निर्विरोध निर्वाचित गरेको निवर्तमान जिल्ला सचिव एवं क्षेत्र नं. १ का सांसद रुकेश रंजितले जानकारी दिनुभयो ।
सहमति बन्न नसके पछि भएको निर्वाचनमा सचिव सञ्जीव प्रजापति र सहसचिवमा रामकृष्ण देउजा निर्वाचित हुुनु भएको छ । सचिवमा प्रजापतिसंग राजेश शिल्पकार र सहसचिवमा देउजासंग प्रल्हाद कार्कीलाई पराजित हुनु भएको हो ।
सदस्यहरूमा थापा क्षेत्र १ बाट रनोज र क्षेत्र २ बाट राजु थापा तथा महिला सदस्यमा प्रेरणा देसार निर्विरोध चयन हुनु भएको छभने कृष्णप्रसाद घिमिरे, रामकृष्ण खनाल निर्वाचित हनु भएको पाटीृका नेता भाईकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

