मङ्लबार, कार्तिक २५, २०८३ | Tue November 10, 2026


सार्वजनिक हितका लागि व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर देश र जनताको लागि काम गर्नु पर्छ : सभामुख डोलप्रसाद अर्याल

सार्वजनिक हितका लागि व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर देश र जनताको लागि काम गर्नु पर्छ : सभामुख डोलप्रसाद अर्याल



भक्तपुर, २४ कात्तिक : प्रतिनिधी सभाका सभामुख डोलप्रसाद अर्यालले सार्वजनिक हितका लागि व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर देश र जनताको लागि काम गर्नु पर्ने बताउनु भएको छ ।  आज मध्यपुरथिमि शंखधर चोकमा राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले नेपाल संवत १४४७ मा आयोजना गरेको शुभकामना तथा साख्वाःको प्रतिमामा माल्यार्पण कार्यक्रममा बोल्दै राष्ट्रिय विभूति साख्वाले यस्तो सन्देश दिएको बताउनु भएको हो ।
उहाँले भन्नुभयो, “सार्वजनिक हितका लागि व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर देश र जनताको लागि काम गर्नु पर्छ भन्ने सन्देश शंखधर साख्वाले दिनु भएको छ । यही मूल्य आजको राजनीतिक, प्रशासन र सामाजिक जीवनमा आत्मसात गर्न आवश्यक छ ।”
नेपाल सम्वत केवल वर्ष गणना गर्ने आधार नभई नेपालको ऐतिहासिक सभ्यता, मौलक संस्कृति र राष्ट्रिय पहिचानको जिवन्त प्रतिक पनि हो भन्दै उहाँले साख्वाले आफ्ना व्यक्तिगत सम्पत्ति जनतमाा समर्पित गर्दै जनताको ऋण मोचन गर्ने ऐतिहासिक योगदान, सामाजिक न्याय  र लोक कल्याणको अनुमप उदाहरण दिएको चर्चा गर्नुभयो ।
नेपाल सम्वतलाई सरकारी कामकाज, सार्वजनिक अभिलेख, शैक्षिक क्षेत्र र डिजिटल प्रणालीमा प्रयोग विस्तार गर्न सरकारले नीति र आवश्यक बजेटको व्यबस्था गर्दै प्रभावकारी कार्ययोजना बनाउनु पर्ने उहाँले बताउनुभयो ।
इतिहास र ंसंस्कृतिको संरक्षण गर्ने, सार्वजनिक जीवनमा इमान्दारिता, जवाफदेहिता कायम गर्ने तथा विविधताबीचको एकता एवं सामाजिक सद्भावलाई अझ बलियो बनाउन सबैले संकल्प गर्नु पर्ने औल्याउँनु भयो ।  उहाँले लोकतान्त्रिक एकता, सम्बृद्धि, सहकार्यको भावना र पहिचान कायम गर्दै लोकतान्त्रिक मूल्य बलियो बन्नु पर्ने र राष्ट्र सम्मुन्नतीका लागि सबै अगाडि बढ्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा वागमति प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले शंखधर सख्वाःको योगदानको चर्चा गर्दै वागमती प्रदेश सरकारले प्रतिष्ठानका लागि बजेट ब्यबस्थापन गर्दै आएको र जातजाती, भाषा, संस्कृतिको संरक्षण र जेगर्नाका लागि बजेट ब्यबीथापन गर्दै आएको बताउनुभयो । भाषा, साहित्य, कला, संस्कृतिको उत्थानका लागि संग्रहालय निर्माणका लागि विकास र संरक्षणका लागि, प्रत्ेक जिल्ला जिल्लामा शंखधर साख्वाः प्रतिष्ठान निर्काणका लागि बजेट विनियोजन दोलखाबाट सुरु गरेको,
वागमती प्रदेश सरकारले नेपाल भाषा र तामाङ्ग भाषालाई सरकारी कामकाजका लागि प्रयोगमा ल्याउन ऐन बनाएर लागू गरेको बताउदै  कोशी प्रदेशले पनि हालै १३ वटा भाषालाई कामकाजमा प्रयोगमा ल्याएको बताउनुभयो
कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाले शंखधर साख्वाःको संग्रहालय निर्माण कार्य अगाडि बढाएको बताउदै साख्वाःको जिवन्त योगदानलाई एैतिहासिक रुपमा राख्न बिभिन्न योजना अगाडि सारेको बताउनुभयो ।
त्यसअवसरमा सभामुख अर्याल, गृहमन्त्री सुदन गुरुङ्ग, वागमती प्रदेशका मुख्यमन्त्री थापा मगरलगात अतिथिहरुले शंखधर चोकमा रहेको साख्वाःको प्रतिमामा माल्र्यापण गर्नु भएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति मधु आचार्य, प्रतिनिधिसभाका सदस्य रुकेश रंजित, प्रतिष्ठानका सस्थापक अध्यक्ष एवं सांसद मदनकृष्ण श्रेष्ठ, प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठलगायतले साख्वाःले पुर्याएको योगदानको चर्चा गर्दै देशभरका सबै जिल्लामा साख्वाःको प्रतिमा स्थापना गर्ने अभियान सुरु गरेको बताउनुभयो ।
त्यसअवसरमा संस्कृति तथा पर्यटन मन्त्रालयले प्रदान गरेको एक लाख ११ हजार १११ रुपैयाको पुरस्कार ईतिहासकार हरिराम जोशीलाई र प्रतिष्ठानले प्रदान गरेको एक लाख ११ हजार १११ रुपैयाको संस्थागत पुरस्कार शंखधर साख्वाः निर्माण समिति चरिकोटलाई प्रदान गरिएको छ ।  प्रतिष्ठानको प्रकाशन गरेको स्मारिका विमोचन गर्नुका साथै बिभिन्न साँस्कृतिक प्रस्तुती प्रर्दशन गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  भक्तपुर महोत्सवमा एक लाख भन्दा बढीको आगमन, रु. ५० लाखको कारोबार

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित