भक्तपुर, २१ कात्तिक : सूर्यविनायक नगरपालिकामा सुरु भएको भक्तपुर जिल्ला अन्तर क्लबस्तरीय सूर्यविनायक मेयर कप ब्याडमिन्टन प्रतियोगिता–२०८३ मा ४८ टिम प्रतिस्पर्धामा उत्रिएका छन् ।
सूर्यविनायक नगरपालिका वडा नं. ८ स्थित चन्द्र वैभव ब्याडमिन्टन क्लबमा आज सञ्चालन भइरहेको प्रतियोगिताको सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवं खेलकुद विकास समितिका संयोजक रवीन्द्र सापकोटाले उद्घाटन गर्नु भएको हो ।
सूर्यविनायक नगर खलकुद विकास समितिले तिहारको अवसरमा आयोजना गरेको प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष डबल्स, ४५ वर्ष माथिको भेट्रान डबल्स, १७ वर्ष मुनीको पुरुष एकल गरि चार विधामा प्रतिस्पर्धा भईरहेको समितिका सदस्य सचिव दिपक थापाले बताउनुभयो ।प्रतियोगितामा सबै विधामा प्रथम हुनेलाई नगद रु. ३० हजार, दोश्रो हुनेलाई नगद रु. २० हजार, तेश्रो हुनलाई नगद रु. १० हजार पुरस्कार, ट्रफी तथा प्रमाण पत्र प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।
प्रतियोगितामा उत्कृष्ठ खेलाडीलाई रुं ८ हजार र उदयमान खेलाडीलाई प्रोत्साहन स्वरुप नगद रु. ५ हजार नगद सहित प्रमाण पत्र प्रदान गरिने सदस्य सचिव थापाले बताउनुभयो ।
कार्यक्रममा नगर प्रवक्ता एव समितिका संयोजक रविन्द्र सापकोटा, नगरपालिकाको आर्थिक विकास समितिका संयोजक एवं वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेतलगायतले सूर्यविनायक नगरपालिकाले नगद खेलकुद विकास समिति गठन गरेसंगै नगरपालिकाले खेलकुदको प्रशिक्षण, प्रतियोगिता र विकासमा लगातार कार्य गर्दै खेलकुदको विकासमा फड्को मारेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

