मङ्लबार, कार्तिक १८, २०८३ | Tue November 03, 2026


मालपोत कार्यालयका तत्कालीन सुब्बा यदुनाथ आचार्यमाथि ९ करोड ७२ लाख ७१ हजार ९८९ रुपैयाँ ८३ पैसा गैरकानुनी सम्पत्ति आर्जन

मालपोत कार्यालयका तत्कालीन सुब्बा यदुनाथ आचार्यमाथि ९ करोड ७२ लाख ७१ हजार ९८९ रुपैयाँ ८३ पैसा गैरकानुनी सम्पत्ति आर्जन



काठमाडौं, १६ कात्तिक। मालपोत कार्यालयका तत्कालीन सुब्बा यदुनाथ आचार्यले साढे ९ करोड बढी रकम भ्रष्टाचारबाट अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आरोगले उनीमाथि ९ करोड ७२ लाखभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अख्तियारले उनीसँगै उनका परिवारका सदस्य तथा अन्यलाई सजायको मागसहित आज मुद्दा दायर गरेको छ। आचार्य आचार्य खोटाङमा गाविस सचिव भई २०५४ माघ २ गते सुरु नियुक्ति पाएयता २०८० मंसिर २१ सम्मको अवधिलाई अनुसन्धानको जाँच अवधि कायम गरिएको छ।

उनी र उनकी श्रीमतीको पारिश्रमिक, बचत, घरजग्गा बिक्री आय, बैंक तथा बित्तीय संस्थाबाट ऋण कर्जा आय, बैना रकम फिर्ता आय, कृषि आय र व्याज आय गरी जम्मा ६ करोड २५ लाख ६३ हजार ३४५ रूपैयाँ ४८ पैसा वैधानिक आय गरेको देखिएको अख्तियारको दाबी छ।

‘जाँच अवधिमा निजको व्ययतर्फ जग्गा खरिद, घरजग्गा खरिद, रजिस्ट्रेसन दस्तुर भुक्तानी, पुँजीगत लाभकर भुक्तानी, हलेसी डिपार्टमेन्ट स्टोर प्रा.लि.मा लगानी, जग्गा खरिद बैना भुक्तानी विभिन्न व्यक्तिहरूलाई ऋण सापटी दिएको, सवारीसाधन खरिद, अध्ययन खर्च भुक्तानी, सेयर खरिद, बैंक तथा वित्तीय संस्थाको ऋण सापटी भुक्तानी, बैंक मौज्दात र फ्रिज दराज खरिद गरी जम्मा १५ करोड ९८ लाख ३५ हजार ३३५ रुपैयाँ ३१ पैसाबराबरको सम्पत्ति खर्च तथा लगानी गरेको देखिएको छ,’ अख्तियारले भनेको छ।

त्यस्तै अख्तियारले जाँच अवधिको कुल आयबाट व्यय घटाउँदा ९ करोड ७२ लाख ७१ हजार ९८९ रूपैयाँ र ८३ बराबर गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर गरेको छ।आचार्यले अन्य प्रतिवादीहरूसँगको संलग्नतामा आपराधिक क्रियाकलापबाट आर्जित गरेको भन्दै भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप सजाय माग दाबी छ । कैद र जरिबानासहित लुकाइछिपाइ राखिएको सम्पत्तिसमेत जफत गर्न अख्तियारको माग छ ।

यो पनि पढ्नुहोस  गुण्डुमा रहेर पनि बाहिरका मानिस ल्याएर अपराधिक गतिबिधि गर्नेलाई कारबाही हुन्छ : रबिन्द्र सापकोटा

आचार्यकी पत्नी ललिता राजभण्डारीलाई पनि भ्रष्टाचारमा त्यति नै विगो मागदाबी छ । आचार्यको छोरी निलु र सरूलाई सम्पत्ति जफत प्रयोजनार्थ मात्र प्रतिवादी कायम गरिएको छ ।

कसुरजन्य कार्यको नगद तथा अन्य गैरकानुनी लाभ प्राप्त गर्ने प्रकृतिको मतियारमा संलग्न रहेको भन्दै भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–२ बस्ने प्रभा बस्नेत र काठमाडौं महानगरपालिका– ३२, पेप्सीकोला बस्ने कुमारी कटुवालविरुद्ध पनि ३८ लाख ८६ हजार १८२ रुपैयाँ विगो दाबी गर्दै सजायको माग छ ।

सम्पत्ति शुद्धीकरणमा आचार्य र उनकी पत्नी राजभण्डारीबाट भिन्नै ९ करोड १९ लाख ८४ हजार ५७६ रूपैयाँ र १९ पैसा असुल गर्न अख्तियारको माग छ । सम्पत्ति शुद्धीकरण अर्का प्रतिवादी प्रभा बस्नेत र कुमारी कटुवालबाट ३८ लाख ८६ हजार १८२ रुपैयाँ आठ पैसा असुल गर्न माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित