सोमवार, कार्तिक १७, २०८३ | Mon November 02, 2026


अबैध लाग औषध सहित भक्तपुरबाट दुई जना पक्राउ

अबैध लाग औषध सहित भक्तपुरबाट दुई जना पक्राउ



भक्तपुर, १५ कात्तिक : जिल्ला प्रहरी परिसर भक्तपुरले प्रतिबन्धित लागूऔषधसहित दुई जना पक्राउ गरेको छ । प्रहरीले आज मध्यपुरथिमि नगरपालिका–२ दिव्यश्वरी प्लानिङ क्षेत्रबाट सुराकीके आधामार चेकजाँच गर्नेक्रममा  लागू औषधि सहित दुई जनालमई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक दिपककुमार कार्कीले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा कपिलवस्तु बाणगंगा नगरपालिका–९ घरभई हाल काठमाडौँ कागेश्वरी मनहरा बस्ने ३८ वर्षीय वसन्तबहादुर खत्रीलाई निजको साथबाट ४२.८४ ग्राम खैरो हेरोइन र ट्रामाडोल १० क्याप्सुलसहित पक्राउ गरेको उहाँले जानकारी दिनुभयो ।
प्रहरीले दोलखा मेलुङ गाउँपालिका–३ घरभई हाल काठमाडौँ कागेश्वरी मनहरा बस्ने २८ वर्षीय प्रदिप के.सी.लाई निजको साथबाट १.२८ ग्राम खैरो हेरोइन सहित पक्राउ गरेको उहाँले जानकारी दिनुभयो । पक्राउ परेका दुबैजनालाई आजै लागू औषध मुद्दामा जिल्ला अदालत भक्तपुरबाट म्याद थप गरि थप अनुसन्धान गरिरहेको उहाँले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  काँग्रेस सहित बिभिन्न पार्टी छाडेर एमाले प्रवेश गर्नेको लर्को

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित