सोमवार, कार्तिक १७, २०८३ | Mon November 02, 2026


बारामा सरकार बिरुद्ध प्रर्दशन, गोली लागेर घाईते पासवानलाई काठमाडौं ल्याईयो

बारामा सरकार बिरुद्ध प्रर्दशन, गोली लागेर घाईते पासवानलाई काठमाडौं ल्याईयो



काठमाडौँ, १५ कात्तिक। बाराको फेटा गाउँपालिकामा भएको झडपमा घाईते भएका १६ वर्षीय किशोर पासवानलाई थप उपचारका लागि आज काठमाडौं ल्याईएको छ ।

पासवानलाई काठमाडौँ ल्याइएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरि उपचार भइरहेको छ । सङ्घीय सरकारको अनुदानमा नवनिर्मित १५ बेडको अस्पताल उद्घाटन गर्ने कार्यक्रममा विवादबीच झडप हुँदा शनिवार बारामा प्रहरीको गोली चलाउँदा स्थानीय आदित्य पासवान घाईते भएका थिए ।

गोली लागेपछि शनिवार पासवानलाई विरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचार गरिएको थियो । त्यस अस्पतालले रिफर गरेपछि उनलाई सेनाको हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको बाराका एसपी नरेन्द्र कुँवरले जानकारी दिए ।

नेशनल कलेजका पेडियाट्रिक सर्जन डा. विनोद कुमार राय तथा चिकित्सकीय टोलीले शल्यक्रिया गरी बालकको तिघ्राबाट गोली निकालेका थिए। घटना छानबिन गर्न मधेस प्रदेश प्रहरी कार्यालयका एसएसपी प्रभु ढकालको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  सूर्यविनायक नगरपालिका वडा नं. १ को सार्वजनिक सुनुवाईमा स्थानीयले भने करिडोर कहिले बनाउँने ?

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित