सोमवार, कार्तिक १७, २०८३ | Mon November 02, 2026


वागमती प्रदेशका मुख्यमन्त्री किरण थापाद्धारा नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालको आकस्मिक अनुगमन

वागमती प्रदेशका मुख्यमन्त्री किरण थापाद्धारा नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालको आकस्मिक अनुगमन



भक्तपुर, १५ कात्तिक : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भक्तपुरमा क्याथल्याबसहित मुटु रोगको उपचार सेवा सञ्चालन गर्न लागिरहेको बताउनु भएको छ ।
आज मध्यपुरथिमि नगरपालिकास्थित नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालको आकस्मिक अनुगमनका गर्दै उहाँले ह्दयघातका विरामीको ज्यान बचाउँन भक्तपुरमा मुटु रोगको उपचार गर्ने अस्पताल आवश्यक रहेको बताउनु भएको हो ।
मुख्यमन्त्री थापाले नेपाल–कोरिया मैत्री नगरपालिका अस्पताललाई क्याथल्याबसहितको मुटु रोग सेवा सञ्चालन गर्न आग्रह गर्दै क्याथ ल्याब सञ्चालनका लागि प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “भक्तपुरमा मुटु रोगको उपचार सुरु गर्नु पर्ने अत्यावश्यक छ, त्यसका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्छ । यस अस्पतालमा क्याथल्याब सेवा सञ्चालन गर्नुस्, त्यसका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्छ ।”
प्रत्येक नागरिकले सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्ने बताउदै प्रत्येक नागरिकलाई सरल, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकार तथा स्वास्थ्य संस्थाहरूको उत्तिकै दायित्व रहेको बताउनुभयो ।
मुख्यमन्त्री थापा मगरले अस्पतालले प्रवाह गरेका सबै सेवाहरुको अनुगमन गर्नुका साथै विरामीहरुसंग भेट गरि अस्पतालले प्रवाह गरेको सेवा र सन्तुष्टीबारे जानकारी लिनु भएको थियो ।
अनुगमनमा अस्पतालका मेडिकल डाइरेक्टर डा. डि.के. रौशनले अस्पतालले प्रवाह गरेको सबै सेवाकाबारेमा मुख्यमन्त्री थापालाई जानकारी गराउनु भएको थियो ।
अस्पतालले विस्तार गरेको नयाँ बन्दै गरेको भवनकोबारेमा जानकारी दिदै उहाँले अस्पताललाई १०० शैयामा बिस्तार गर्नका लागि प्रदेश सरकारकाबाट अनुमति प्रदान गर्न आग्रह गर्नुभयो ।
डाइरेक्टर रौशनले भन्नुभयो, “दक्षिण कोरिया सरकारको सहयोगमा सुविधा सम्पन्न नयाँ भवन निर्माणको अन्तिम चरणमा पुगेको छ, देशभरका विरामीको चाँप एकदमै बढ्दो छ, दैनिक १००० भन्दा बढी विरामी आउँछन्, अस्पताल १०० शैयामा सञ्चालन गर्न अनमति माग गरेका छौं, अनुमति दिन आग्रह गर्दछौं ।” अस्पतालको प्रशासन अधिकृत रुपेश श्रेष्ठले अस्पतालले पुरा गरेका सेवा र कार्यविवरणकाबारेमा मुख्यमन्त्री थापालाई जानकारी गराउनु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  विपद्को घडीमा नारायणी बाढीपीडितलाई साथ दिन बिहानै नदी किनारा पुगे मुख्यमन्त्री किरण थापा मगर

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित