आइतवार, कार्तिक १६, २०८३ | Sun November 01, 2026


 संविधानसभा सदस्य तामाङको निधनप्रति अध्यक्ष ओलीद्वारा श्रद्धाञ्जली व्यक्त

 संविधानसभा सदस्य तामाङको निधनप्रति अध्यक्ष ओलीद्वारा श्रद्धाञ्जली व्यक्त



काठमाडौँ, १४ कात्तिकः नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले संविधानसभा सदस्य छोवाङ तेञ्जेन तामाङको निधनमा श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । सो पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद् सदस्य एवं रसुवा जिल्ला कमिटीका पूर्वअध्यक्ष तामाङको शुक्रबार निधन भएको थियो ।
उहाँको निधनप्रति दुःख व्यक्त गर्दै अध्यक्ष ओलीले लोकतान्त्रिक आन्दोलन तथा रसुवा जिल्लाको राजनीतिक, सामाजिक र समग्र विकासमा तामाङले पुर्‍याउनुभएको योगदान सधैँ स्मरणीय रहने बताउनुभएको छ ।
एमाले रसुवाका संस्थापक सदस्य रहनुभएका तामाङको निधनबाट पार्टीले एक अनुभवी, निष्ठावान् र समर्पित नेता गुमाएको अध्यक्ष ओलीले आफ्नो शोक सन्देशमा उल्लेख गर्नुभएको छ । अध्यक्ष ओलीले शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित