शनिबार, कार्तिक १५, २०८३ | Sat October 31, 2026


नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले विद्यालय, प्रधानाध्यापक, शिक्षक, शिक्षिका र विद्यार्थीलाई सम्मान

नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले विद्यालय, प्रधानाध्यापक, शिक्षक, शिक्षिका र विद्यार्थीलाई सम्मान



भक्तपुर, १४ कात्तिक । चाँगुनारायण नगरपालिकाले एसइई परीक्षा २०८२ मा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गर्न सफल १३ वटा विद्यालयलाई सम्मान गरेको छ । नगरपालिकामा शुक्रबार आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले विद्यालय, प्रधानाध्यापक, शिक्षक, शिक्षिका र विद्यार्थीलाई सम्मान गर्नु भएको हो ।

उहाँले १३ वटा विद्यालय, २५ जना पूर्व प्रधानाध्यापक, १२ जना अवकाश प्राप्त शिक्षक,शिक्षिका, एसइई परीक्षामा ४ जि पी ए ल्याउने पाँच जना विद्यार्थी तथा आधारभूत शिक्षा उत्तीर्ण २०८२ को परीक्षामा ४ जि पी ए ल्याउन सफल दुई जना विद्यार्थी सम्मान गरिएको हो ।

कार्यक्रममा उपप्रमुख बुढाथोकीले विद्यार्थीहरूको लगनशीलता, शिक्षकहरूको उच्च समर्पण र अभिभावकहरूको अमूल्य माया तथा सहयोगकै चाँगुनारायण नगरपालिकाले शिक्षाको क्षेत्रमा फड्का मार्दै गएको बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  लगातारको वर्षाका कारण नेपाल प्रिमियर लिग (एनपीएल) प्रभावित

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित