डोल्पा, १४ कात्तिक : डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट आठ जना कैदी फरार भएका छन्। शुक्रबार राति कारागारभित्र सुरुङ खनेर उनीहरू फरार भएको डाल्पा प्रहरीले जानकारी दिएको छ ।
कैदी फरार भएपछि डीएसपीसहितको प्रहरी टोली कारागार पुगेको छ। फरार कैदीको संख्या र पहिचानबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। यद्यपी कारागार र जिल्ला प्रहरी कार्यालयले घटनाबारे औपचारिक विवरण सार्वजनिक गरेका छैनन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

