ललितपुर, ३ कार्तिक । ललितपुरको सातदोबाटोमा शनिबार एक बसमा आगलागी भएको छ। अपराह्न ५ बजेको समयमा बा ४ ख १०६ नम्बरको महानगर यातायातको बसमा आगलागी भएको ललितपुर प्रहरीले जानकारी दिएका छन् ।
जिल्ला प्रहरी परिसरका डीएसपी नवरत्न पौडेलले विद्युत सर्ट भई आगलागी भएको हुनसक्ने बताएका छन् । ललितपुर महानगरपालिकाकाे दमकलको सहयोगमा बसमा लागेको आगो निभाइएको जनाएको छ। बस जलेर पूर्णरुपमा क्षति पुगेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

