आइतवार, मंसिर ७, २०८३ | Sun November 22, 2026


आगामी निर्वाचनमा नकपा एमालेसंग सहकार्य गर्ने सहमती भइसक्यो : नेकपा संयोजक दाहाल

आगामी निर्वाचनमा नकपा एमालेसंग सहकार्य गर्ने सहमती भइसक्यो : नेकपा संयोजक दाहाल



भक्तपुर, ५ मङ्सिर ः नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संविधान तथा कानुनले व्यवस्थालाई टेकेर आगामी स्थानीय तह र प्रदेशको निर्वाचन गर्नु पर्ने बताउनु भएको छ ।
आज मध्यपुरथिमिमा नेकपाले आयोजना गरेको राष्ट्रिय जागरण अभियानको उद्घाटन गर्दै उहाँले जेठ ५ गते स्थानीय तहको पाँचवर्षे कार्यकाल पुरा हुने गरि निर्वाचन गर्नु पर्ने बताउनुभयो ।
‘सायद कतिपयलाई के लागेको हुनसक्छ भने दुईटै चुनाव एकैपटक ग¥यो भने पोहोर प्रतिनिधिसभाको निर्वाचनमा जस्तै हावाहुरी ल्याएर जित्न सकिन्छ भन्ने लागेको होला। त्यसो हुनेवाला छैन,’ उहाँले भन्नुभयो । रास्वपातर्फ लक्षित गर्दै उहाँले भन्नुभयो, ‘स्थानीय निर्वाचन तथाकथित नयाँ भन्नेहरूको त्यति धेरै आधार बनिसकेको छैन । उनीहरू तर्सेका हुन सक्छन् । त्यसकारण उनीहरू संविधान मिचिए मिचियोस् भन्न पनि सक्छन् । हामी सतर्क हुनुपर्छ, ।’ संविधान र कानुनको व्यवस्थाविपरीत निर्वाचन गर्न खोजिए देश फेरि दुर्घटनामा जान्छ  ।
स्थानीय सरकारको पाँचवर्षे कार्यकाल जेठ ५ गतेसम्म र प्रदेश सरकारको कार्यकाल मंसिर ५ गते वा मंसिरको पहिलो सातासम्म रहेकाले सोही समयसीमालाई आधार मानेर निर्वाचन गर्नुपर्ने बताउनु भयो ।
संविधान र कानुन मिचेर निर्वाचन गर्न खोज्दा प्रतिक्रान्तिकारी शक्तिहरूले त्यसलाई अवसरका रूपमा प्रयोग गर्न सक्ने प्रचण्डको भनाई थियो ।  उहाँले भन्नुभयो, ‘एक ठाउँमा संविधान मिचियो, कानुन मिचियो भने संसद्को पनि काम छैन, संविधानको पनि काम छैन भन्ने अवस्था सिर्जना हुन सक्छ । त्यसले फेरि दुर्घटना निम्त्याउने खतरा छ ।’
आगामी स्थानीय निर्वाचनमा आफ्नो पार्टीले विचार र मुद्दा मिल्ने वामपन्थी शक्तिहरूसँग सहकार्य गर्ने नीति लिएको बताउदै एमाले र मसालसँग कार्यगत एकताका लागि सहमति भइसकेको बताउनुभयो ।
स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारलाई टिक बाड्ने काम पार्टीको माथिल्लो तहले कुनै हस्तक्षेप नगर्ने बताउदै स्थानीय तहको उम्मेदवार कसलाई बनाउने भन्ने निर्णय तल्लो तहले नै गर्न निर्देशन दिनुभयो ।
कार्यक्रममा नेकपाका सहसंयोजक माधवकुमार नेपालले जागरण अभियान जनताको घरदैलोमा पुगेर जनतालाई विगतमा भएका र गरेका कामबारे प्रचार गर्न छुटाउन नहुने बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  प्रधानमन्त्री राहत कोषमा शुक्रबार बेलुकीसम्म ४ अर्ब ३८ करोड जम्मा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित