भक्तपुर, ४ मङ्सिर : नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सवका अवसरमा आज मध्यपुरथिमि नगरपालिकाले आयोजना गरेको नेपाल–जापान सांस्कृतिक महोत्सवमा दुई देशको कला, संस्कृतिको प्रर्दशनी गरिएको छ ।
मध्यपुरथिमिको चपाचोस्थित पोटरी स्क्वायरमा आयोजना गरेको महोत्सवको मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ र नेपाल जापान मैत्री संघ जापानका अध्यक्ष हिरोमी इस्हिओका (ज्ष्चयmष् क्ष्कजष्यपब) ले संयुक्त रुपमा उद्घाटन गर्नु भयो ।
कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख श्रेष्ठले नेपाल र जापानका कला, संस्कृति, परम्परागत संगीत, नृत्य तथा मौलिक पहिचान झल्काउने विविध सांस्कृतिक प्रस्तुतिले महोत्सवलाई रौनकता थपेको बताउनुभयो ।
गौरबमय ७० औ वर्षगाँठको ऐतिहासिक कार्यक्रम महोत्सव मात्रै नभई दुई देश बीच सात दशकदेखि रहदै आएको मित्रता, विश्वास, पारस्परिक सम्बन्ध, सहयोग, सम्मान र आत्मिय सम्बन्धको उत्सव समेत रहेको बताउनुभयो ।
उहाँले दुई देशबीचको सम्बन्धको निरन्तरता आपसी सद्भाद, सहकार्य, साँझा भविश्यप्रतिको प्रतिबद्धता पनि हो भन्दै नेपाल र जापान भौगालिक रुपमा टाढा भएपनि साँस्कृतिक सभ्यता, मानवीय संवेदना, अटुट विश्वास, परम्परा र आत्मियताबाट निकै नजिक रहेको बताउनुभयो ।
यही आत्मियताले नै दुई देशको जनतालाई जोडेको छ भन्दै उहाँले यस प्रकारको कार्यक्रमले दुई देशबीचको कला, संस्कृति, मौलिक परम्परा, रहनसहन, खापपानलाई जोडेको बताउनुभयो ।
नगर प्रमुख श्रेष्ठले भन्नुभयो, “मध्यपुरथिमि आफैमा जिवन्त कला, संस्कृति, मौलिक सभ्यता बोकेको, अनुपम संगम हो, यहाँका बिभिन्न जात्रा, पर्व, परम्परागत नाच, बाजा, जागा, मूर्तिकला, काष्टकता, माटोका भाडा लगायत जिवन्त परम्परा, ७५० भन्दा बढी मूर्त, अमूर्त सम्पदाहरुले सजिएको, प्रत्येक गल्ली, मन्दिर, जात्रा, पर्वमा पुस्तौदेखिको ज्यान जिवित रहेको छ ।”
यहाँको मौलिक पहिचनलाई संरक्षण गर्दै विश्वमाझ चिनाउदै नयाँ पुस्तालाई हस्तान्तरण गरि पर्यटनको विकास गर्नु पनि रहेको भन्दै जापानको कला, संस्कृति, मौलिक परम्पर र आधुनिक विकासमा हासिल गरेको सफलतालगायतबाट नेपालले धेरै कुरा सिक्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल जापान मैत्री संघ जापानका अध्यक्ष हिरोमीले गौतम बुद्धको देश नेपालबाट बुद्धले देखाएको बाटो हिडेर जापानले विकासमा फड्को मारेको बताउदै बुद्धको मार्गको अनुशरणबाट अरु देश पनि विकासमा अगाडि लम्किएको बताउनुभयो ।
उहाँले नेपालको मित्रवत व्यबहारले आफूलाई पनि नेपाली बन्न रहर जागेर आएको र नेपाल आफ्नै घर जस्तो लाग्ने गरेको बताउदै नेपाल र जापानबीचको मित्रता युगौयुगसम्म रहने बताउनुभयो ।
कार्यक्रममा २१ वटा स्टलमा बिभिन्न हस्तकला, काष्ठकला, मूर्तिकलालगायतका बिभिन्न पेशा एव संस्कृति, नेपाल–जापानीज मुद्रा, सिक्का र नोटहरु प्रर्दशनीमा राखिएको छ । नगरपालिकाको तर्फबाट दाफा भजन, वासुरी बाजा, महाकाली नाच, धिमे बाजा, बिभिन्न मौलिक संस्कृति देखिने नाचहरु तथा जापानको तर्फबाट बिभिन्न साँस्कृतिक नाच प्रर्दशन गरिएको थियो । महोत्सव रातीसम्म सञ्चालन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

