हेटौडा, १७ कात्तिक । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले योग र ध्यान केवल शारीरिक तथा मानसिक स्वस्ताथ्यको अभ्यासमात्र नभई आत्मा र परमात्मालाइ जोडने उच्चतम साधना विधि पनि भएको बताउनु भएको छ ।
बुधबार बिहान हेटौडामा पतञ्जली योग समितिले आयोजना गरेको पाँच दिने निःशुल्क योग शिविरमा सहभागि हुदै उहाँले योग कसरत मात्र नभई आत्मा र परमात्मालाइ जोडने उच्चतम साधना विधि पनि भएको बताउनु भयो ।
मुख्यमन्त्री थापाले भन्नुभयो, “योग र ध्यान शारीरिक स्वास्थ्य र मानसिक तन्दुरुस्तताका साथै मानसिकक बिकारहरुलाई बाहिर फालेर शुद्व मन लिई सारा प्राणीहरु प्रति करुणाभाव जगाउने तथा आफुलार्इ आफू को हु भन्ने आत्माबोध समेत गराउने एक विशिष्टतम हाम्रो प्राचिन पद्वती हो । त्यसैले ध्यान गरौ योग गरौ स्वस्थ बनौ संसारलाइ नै हाम्रो ज्ञान र अभ्यासको एक उच्चतम साधनाको माध्यमद्वारा स्वस्थ र जाग्रीत बनाउने महाअभियानमा जुटौ ।”
उहाँल बाग्मती प्रदेश सरकारले हाम्रो प्राचिन विधि पद्वती तथा परम्परालाई आधुनिकतासंग जोड्दै नागरिकहरुलार्इ जाग्रित वनाउदै स्वस्थ जीवन निर्माणको महाअभियानमा सबैले साथ र सहयोग गरिदिन आग्रह गर्नुभयो ।


