भक्तपुर, २४ कात्तिक : नेपाल संवत् ११४७ को पहिलो दिन आज मंगलबार भक्तपुर जिल्लाका तीन नगरपालिकाका नेवार समुदायले आज म्हः पूजा र भोली बुधबार किजा पुजा अर्थात भाईटीका गरी नयाँ वर्ष मनाएका छन् ।
नेवार समुदायले प्रत्येक वर्ष तिहारमा गोवद्र्धन पूजाका दिन म्हः पूजा गर्ने परम्परा रहे अनुसार मध्यपुरथिमि नगरपालिका, सूर्यविनायक नगरपालिका र चाँगुनाायण नगरपालिकाका नेवार समुदायले आज साँझ घरघरमा आफ्नै शरीरका पुजा गर्दै म्हः पूजा मनाएका छन् ।
आजको दिन आफ्नो शरीरलाई ईश्वरको बास हुन्छ भन्ने मान्यता अनुसार म्हः पूजा अर्थात आफ्नै शरीर र आत्माकाृ पुजा गरिएको भक्तपुरका संस्कृतिविद् अनन्तराज जोशीले बताउनुभयो ।
भक्तपुर नगरपालिकाका नेवार समुदायले भने सोमबार म्हः पूजा र आज किजा पुजा मनाइरहेका छन् । पञ्चाङ्ग निर्णयक समितिले निर्धारण गरेको तिथि मितिलाई नमान्ने भन्दै भक्तपुर तलेजुका पूजारी, ज्योतिष, कर्माचार्य, नवदुर्गा देवगणको छलफलबाट कात्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा गर्ने निर्णय गरेकाले नगरपालिकाले सोही अनुरुप पर्व मनाउन जारी गरेको सूचना अनुसार नै सोमबार म्हः पूजा र आज किजा पुजा गर्न आव्हान गरे अनुसार भक्तपुर नगरक्षेत्र भित्रका नेवार समुदायले यसै अनुसार पर्व मनाएका हुन् ।
एउटै जिल्लामा फरक फरक मितिमा म्हः पुजा र किजा पुजा मनाउने निर्णयले यहाँका नेवार समुदायमा अन्योल सृजना गर्नुका साथै तिथि मितिमा विवाद समेत निस्किएको छ । भक्तपुर नगरपालिका निवासी सुन्दर श्रेष्ठले भक्तपुर तलेजुले निकालेको साइत अनुसार पर्व मनाउने नगरपालिकाको निर्णय अनुरुप नै सोमबार म्हः पूजा र आज किजा पुजा गरिएको बताउदै भोलीबाट तिहार सकिएको बताउनु भयो ।
तर भक्तपुरका अन्य तीन नगरपालिकाका नेवास समदायले भने पञ्चाङ्ग निर्णयक समितिले निर्धारण गरे अनुसार नै आज म्हः पूजा गरिरहेको छन् भने र भोली बुधबार साँझ किजा पुजा अर्थात भाईटीका मनाउने भएका छन् ।
मध्यपुरथिमि नगरपालिकाका रञ्जनकुमार श्रेष्ठले आज म्हः पूजा र भोली किजा पुजा गर्ने बताउनुभयो । उहाँले परिवारका सबै सदस्य एकै ठाउँमा भेला भएर म्हः पूजा मनाएर पर्व मनाएको बताउनुभयो । नेवार समुदायले घरको आँगन, मटान वा बुइँगलमा रातो माटोले लिपपोत गरी चामलको पिठोबाट मण्डल बनाएर मण्डपमा अबिर, सुन्तला रङ, फूल, लाभा र फलफूलले सजाएर बिभिन्न परिकार राखेर दाजुभाईको पुजा गरि मनाउने बताउनुभयो ।
म्हः पूजामा घरकी ज्येष्ठ महिलाले परिवारका सदस्यलाई उमेरको क्रम अनुसार लहरै राखेर बत्ति बाल्ने, पूmलपातीले पुजा गर्ने, अक्षता, ओखर, फूल, फलफूल र मुटुमारीलगायत सामग्री राखेर पुजा गरि अण्डा, माछा वा मासु र रक्सी सगुनका रूपमा दिने चलन रहेको छ ।
संस्कृतिविद् जोशीले म्हः पूजाका दिन बालिएको बत्ति अर्थात दीप स्वर्ग, मत्र्य र पाताल तीनै लोकसम्म पुग्ने धार्मिक विश्वास रहेको बताउनुभयो । नेवार सुमदायले किजा पूजाका दिन साँझ आफ्ना दिदीबहिनीले पहिले भुइँमा रातो माटो लिपेर चामलको पीठोबाट मण्डल बनाइ त्यसमाथि दाजुभाइलाई लहरै राखेर पुजा गरि बिधिपूर्वक भाईटीका लगाएर बिभिन्न परिकार र रक्सि सगुन समेत दिने प्रचलन रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

