आइतवार, चैत्र ९, २०८१ | Sun March 23, 2025


प्रेस चौतारी नेपाल भक्तपुरको नेतृत्वमा पौडेल

प्रेस चौतारी नेपाल भक्तपुरको नेतृत्वमा पौडेल



भक्तपुर, २४ माघ । प्रेस चौतारी नेपाल भक्तपुर जिल्ला शाखाको अध्यक्षमा आशिष पौडेलको नेतृत्वमा १२ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

भक्तपुरमा बिहीबार सम्पन्न पाचौं जिल्ला अधिवेशनको बन्द सत्रले उपाध्यक्ष खुलामा राजकुमार लामिछाने र महिला उपाध्यक्षमा मिना घोरासाइने, सचिवमा नारायण थापा, सह–सचिवमा संगम लामा, सह–सचिव समावेशी विपना मुसिख्वाल र कोषाध्यक्षमा सिर्जना खतिवडलाई चयन गरेको छ । कार्यसमितिको सदस्यहरुमा देवेन्द्र प्रजापति, प्रतिकराज कार्की, रसिला थापा, सुस्मिता धिताल र नवराज काफ्लेलाई चयन गरेको छ ।

अधिवेशनले केन्द्रीय प्रतिनिधिहरुमा निवर्तमान अध्यक्ष हेमराज ढकाल, उपाध्यक्ष राजकुमार लामिछाने र कोषाध्यक्ष सिर्जना खतिवडालाई चयन गरेको छ भने प्रदेश प्रतिनिधिमा रोशनराज अर्याल र सुस्मिता धिताल चयन गरेको छ ।

त्यसअघि नेकपा(एमाले)का पोलिट्ब्युरो सदस्य एवं भक्तपुर जिल्ला इन्चार्ज महेश बस्नेत र प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले पाँचौ जिल्ला अधिवेशनको संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  स्वास्थ्य मन्त्रि किरण थापाद्धारा एकैदिन ८३ जना शिक्षक शिक्षिकालाई दीर्घ सेवा सम्मान प्रदान

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित