शनिबार, असार १३, २०८३ | Sat June 27, 2026


हामीलाई गिरफ्तार गर्न राति ३ बजेसम्म सरकारको बैठक बसेका छन्, देशमा तमासा छ : ओली

हामीलाई गिरफ्तार गर्न राति ३ बजेसम्म सरकारको बैठक बसेका छन्, देशमा तमासा छ : ओली



भक्तपुर, २३ असोज । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको सरकारले सडकमा तमासा देखाइरहेको आरोप लगाएका छन् । आफूहरूलाई गिरफ्तार गर्न भन्दै राति ३ बजेसम्म मिटिङ राखिएको ओलीले बताए । एमाले भक्तपुर जिल्ला कमिटीले बिहीवार गुण्डुमा आयोजना गरेको कार्यक्रममा ओलीले सरकार मुलुकलाई मुठभेडमा लैजान उद्दत भएको आरोप लगाएका हुन् ।

‘भदौ २३ र २४ गते सुशीला कार्की जेनजी भनेर सडकमा उत्रिनुभयो । चुनाव गराउने राष्ट्रपतिले तोकिदिएको म्याण्डेट हो, उहाँहरूको उद्देश्य होइन,’ ओलीले भने, ‘जुलुसमा गएर भाषण गर्नुभएको थियो, केपी ओलीलाई गिरफ्तार गर्नुपर्छ भन्नुभएको थियो । अहिले राति ३ बजेसम्म मिटिङ राखेर केपी ओली र रमेश लेखकलाई कसरी गिरफ्तार गर्न सकिन्छ भनेर छलफल भएका छन् ।’

सरकारले खास उद्देश्यले काम गरिराखेको उनले आरोप लगाए । ‘हाम्रो पासपोर्ट रोक्ने रे ? मैले यसअघि पनि भनेको छु । सुशीला कार्कीको डरले केपी ओली भाग्छ ? गृहमन्त्री बाबुलाई धेरै नउत्तालिन सल्लाह दिन चाहन्छु, राजनीति ख्याल ठट्टा होइन ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  एम्बुलेन्स/शव बहान लिएर घटनास्थल पुगे स्वस्थ्य मन्त्री थापा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित