शनिबार, अशोज १०, २०८३ | Sat September 26, 2026


इन्द्रायणी देवताको मूर्तिलाई खटमा राखेर खट जात्रा

इन्द्रायणी देवताको मूर्तिलाई खटमा राखेर खट जात्रा



भक्तपुर,  ९ असोज : भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी द्यो छें अर्थात देवगृहबाट बाजागाजासहित इन्द्रायणी देवताको मूर्तिलाई खटमा विराजमान गराई आज भक्तपुरमा भव्य रुपमा इन्द्र जात्रा सुरु भएको छ ।
इन्द्र जात्राको दिन सुरु आज स्थानीयले इन्द्रायणी देवताको मूर्तिलाई खटमा राखेर खट जात्रा गरि ‘वाचा मुकेगु’ भनी आधा देश परिक्रमा गराई बाजागाजासहित धुमधामसँग इन्द्र दह अर्थात सिद्धपोखरीमा पु¥याएर जात्रा मनाउन सुरु गरेका छन् ।
भक्तपुरको इन्द्र दह अर्थात सिद्धपोखरीमा इन्द्रायणी देवतालाई पुर्याए पछि आज साँझदेखि रातभरि र भोली दिनभर यहाँ भव्य मेला लाग्ने गर्दछ । आज भक्तपुरको बिभिन्न क्षेत्रमा देवतालाई घुमाएर साँझ इन्द्र दह अर्थात सिद्ध पोखरी पुर्याएपछि हजारौको भीडले रातभर जात्रा गरि भोली पूर्णिमामा दिनभर मेला गरि साँझ बाजागाजाका साथ पुनः भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी द्यो छें अर्थात देवगृहमा भित्रयाएर इन्द्र जात्रा सम्पन्न गर्ने परम्परा छ ।
नेपाल सम्बत् २१८ मा इन्द्रदेवले आफ्नो नाममा उपत्यकाकै ठूलो पोखरी निर्माण गराएका कारण यो पोखरीको नाम इन्द्र दह रहन गएको भनाई संस्कृतकर्मी यज्ञराज जोशीले जानकारी दिनुभयो ।
स्वर्गका राजा इन्द्रले स्नान गरेको हुँदा यसको नाम इन्द्र दह रहेको धार्मिक विश्वास छ भन्दै उहाँले यसलाई ‘ञँंकीदह’ पनि भन्ने गरिएको उहाँ बताउनुहुन्छ । यसै दहमा भाद्र शुक्ल चतुर्दशीका ‘चाक मता च्याकेगु’ भनी चारैतिर बत्ती बालेर झिलिमिली बनाउने प्रचलन छ ।
कृष्णदेखि रिसाएका इन्द्रले जनतालाई दुःख दिन ठूलो असिना, पानी पारेपछि कृष्णले गोर्वधन पहाड औंलाले उठाएर जनताको रक्षा गरेको दिनको सम्झनामा स्वरुप पनि इन्द्र दहमा मेला लाग्ने गरेको ईतिहासविद् प्रा.डा. पुरुषोत्तम लोचन श्रेष्ठ बताउनु हुन्छ । राजतन्त्रको पराजय र जनताको विजयीको रुपमा पनि यो जात्रा मनाइने गरेको श्रेष्ठको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  हेटौँडा अस्पतालमा आजबाट विशेषज्ञ सहितको मुटु रोग सम्बन्धी सेवा सुरु

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित