आइतवार, अशोज २७, २०८१ | Sun October 13, 2024


स्वास्थ्य मन्त्री थापाद्धारा भक्तपुर अस्पतालको अनुगमन, घाइतेको निःशुल्क उपचार गर्न निर्देशन

स्वास्थ्य मन्त्री थापाद्धारा भक्तपुर अस्पतालको अनुगमन, घाइतेको निःशुल्क उपचार गर्न निर्देशन



भक्तपुर, १३ असोज । बागमति प्रदेश सरकारका स्वस्थ्य मन्त्रि किरण थापाले आज साँझ भक्तपुर अस्पताल पुगेर बाढी तथा पहिरोमा परि घाइते भएर उपचारका लागि ल्याएको बिरामीको अबस्थाबारे जानकारी लिनु भएको छ । वागमति प्रदेशका सांसद सुरेश श्रेष्ठसहित भक्तपुर अस्पताल पुग्नु भएका स्वास्थ्य मन्त्री थापाले उपचारारत विरामीहरुसंग भेट गरि उपचारको अबस्था र स्वास्थ्य अबस्थाबारे जानकारी लिनुभएको थियो ।

विरामीहरुसंग कुरा गर्दै उहाँले पहिरोको कहरसंगै आएको पिवद र पीडाकाबारेमा जानकारी लिनु भएको थियो । अस्पतालमा उपचारको अबस्थाबारे अस्पतालकी निर्देशक डा. सुमित्रा गौतमले उद्धार गरि ल्याइउको घाइतेको स्वास्थ्य ृपचार एवं अबस्थाकाबारेमा जानकारी गराउनु भएको थियो ।

उहाँले उद्धार गरि ल्याईउका घाइतेको उपचारसंगै अन्य विरामीको पनि प्रभावकारी रुपमा उपचार गरिरहेको जानकारी दिदै अस्पतालले थप आवश्यक तयारी समेत गरेको बताउनुभयो । भक्तपुर अस्पतालकी निर्देशक डा. सुमित्रा गौतमले बाढी, पहिरो र डुबानमा पनि घाइते भएका वा विरामी परेकालाई उपचारका लागि भक्तपुर अस्पताल आउँन आव्हान गर्नु भएको हो ।

उहाँले सिद्धिस्मृति अस्पतालबाट सुत्करीसहित आएको बिरामीको भक्तपुर अस्पतालले उपचार गरिरहेको, बाढी, पहिरो र डुबानमा परेर उद्धार गरि उपचारका लागि ल्याइएका सबै विरामीको उपचार गरिरहेको बताउदै जस्तासुकै अबस्थामा पनि सहज सवा दिने गरि अस्पतालले तयारी गरिरहेको बताउनुभयो ।

अस्पतालले आकस्मिक सेवालगायत सबै सेवाहरु सञ्चालन गरिरहेको र अस्पतालले प्रदेश सरकारको निर्देशन अनुसार सबै उपचारका लागि आवश्यक आकस्मिक कक्ष, आइसियू, सिसियू, शल्यक्रियालगायतका सबै सेवाहरु सञ्चालन गरेको निर्देशक डा. गौतमले बताउनुभयो । मन्त्री थापाले विरामीहरुलाई निःशल्क उपचारको व्यबस्था गर्न र विपदमा तयारी अबस्थामा रहन अस्पताललाई आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  खानेपानी चुहावट देखिएका अधिकांश स्थानमा मर्मत

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित