बुधबार, जेष्ठ १३, २०८३ | Wed May 27, 2026


घरदैलो अभियानमै काँग्रेस परित्याग गरि ५१ जना एमाले प्रवेश

घरदैलो अभियानमै काँग्रेस परित्याग गरि ५१ जना एमाले प्रवेश



भक्तपुर, १९ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निर्वाचन परिचालन कमिटी मध्यपुरथिमि वडा नं ३ गठ्ठाघरद्वारा आयोजित घर दैलो कार्यक्रममा गठ्ठाघरको अर्याल टोलका नेपाली कांग्रेसका क्रियासिल सदस्य कृष्ण अर्यालको नेतृत्वमा नेपाली कांग्रेस पर्टी परित्याग गरी ५१ जना एमाले प्रवेश गरेका छन् । आज भएको घर दैलो अभियानमा नेकपा एमालेका पोलिटव्यूरो सदस्य, पूर्वं सांसद एवं पूर्व मन्त्री तथा भक्तपुर क्षेत्र नं. २ प्रतिनिधि सभाका उम्मेदवार महेश बस्नेत, प्रदेश सभा (ख) का उम्मेदवार चन्दनकृष्ण श्रेष्ठ, एमालेका जिल्ला अध्यक्ष बचन देउजाले प्रवेश गर्ने टोलीलाई टीका तथा खादा लगाएर स्वागत गर्नु भयो ।

घरदैलो अभियानमै भोट माग्न गएको टोलीलाई एमालेको एजेण्डा, विगतको काम, बिकास देखेर देशको लागि एमाले नै चाहिन्छ भन्ने निष्कर्षका साथ नेकपा एमालेको घर दैलो अभियानकै क्रममा आज नेपाली काँग्ेस परित्याग गरि एमाले प्रवेश गरेको प्रवेश गर्ने टोलीको संयोजक अर्यालले बताउनु भयो । उहाँले भक्तपुरको बिकासमा नेकपा एमालेका नेता महेश बस्नेतको योगदान र लगनशिलता सबै नेताका लागि उदाहरणीय बन्न सक्ने भन्दै एमालेको जीत सबै नेपाली जनतको जीत भएको बताउनु भयो ।

प्रतिनिधि सभाका उम्मेदवार महेश बस्नेतले काँग्रेसको ंिगो गाउँ र टोल नै एमालेमय बनाउनु भयो । मुलुकको राष्टियताप्रति यहाँका नागरिक धेरै सचेत हुनुहन्छ भन्ने प्माािण्त भएको छ । नागरिकता विदेयक ल्याएर विदेशीलाई नागरिकता दिएर मुलुकलाई ठलो संकटमा पार्ने भूमिका सत्ता गठबन्धनले गरिरहेको भन्दै ओलीले लिम्पियाधुरा कालापानी र लिपुलेकलाई नक्सामा समेट्ने काम गरेको बताउनु भयो । उहाँले भारतले नेपालमा नाकाबन्दी गर्दा चाइनामा गएर व्यापार महासन्धी गरी नेपाललाई हिन्द महासागरमा जोड्दै भारतको एकाधिकारलाई तोड्दै अब नेपालमा कहिले कसैले नाकाबन्दी गर्न नसक्ने अबस्थामा पुर्याएको छ ।

सत्ता गठबन्धनले नेपाललाई विदेशी रणभूमि बनाउन खोजेको भन्दै उहाँले अमेरिकी सैन्य रणीतिक प्रयासलाई एमालेले असफल बनाएर नेपालको अस्तित्व जोगाउन र रणभूमि हुनबाट एमालेले जोगाएको बताउनु भयो । केपी ओली सरकारमा छदाँ बिकासको आधिबेरी आएको चर्चा गर्दै उहाँले ओलीको नेतृत्वको सरकारमा मेलम्ची, धरहदा, पूर्वपश्चिम राजमार्ग, रेलमार्ग, लुम्बनी एयरपोर्ट, पोखरा एयरपोर्ट, ठूलाठूला औधोगिक क्षेत्र, झोलुङ्गे पुल बनाउने, देशभरी भूकम्पमा भत्किएका सात लाख घर निर्माण गर्ने कुरा, विद्यालय बनाउने कुरा तिबै गतिमा भएको थियो ।

यो पनि पढ्नुहोस  बालकोटको घरदैलोमा एमालेको जनलहर

भक्तपुरको सन्दर्भमा हनुमन्ते करिडोर, मनोहरा करिडोर, सूर्यविनायक धुलिखेल सडक निर्माणको कुरा, ढल निर्माणको कुरा, पेप्सीकोला निकोसेरा सडक निर्माणलगायत चालू आयोजनाहरुको क्षमता बिस्तारका कुरामा एमालेले धेरै काम गरेको उहाँले बताउनु भयो ।

महेश बस्नेतले एमालेको पालामा सूर्यविनायकमा प्राणी उद्यान निर्माण गर्ने कुरामा, रंगशाला, पाँच हजार क्षमताको सभा निर्माण गर्ने, निजी क्षेत्रमा सञ्चालित क्यान्सर अस्पताललाई सरकारी बनाउने र ८० करोड बजेट ल्याउने, मानव अंग प्रतयारोपण केन्द्रलाई मिर्गौला प्रत्यारोपण मात्रै नभई मुटु र कलोजो समेतको उपचार सेवा सुरु गर्दै बजेट व्यबस्थापन गर्ने कुरा, बीर अस्पताल भक्तपुरमा ल्याउने, थिमिको क्षयरोग अस्पतालाई ५० शैयाको छातीरोग अस्पताल बनाउने कुरा यस्ता बिकासका तमाम कुराहरु एमाले सरकार निरन्तर लागिरहेको भन्दै कोभिड संक्रमणमा थलिदा समत आफू जनताको सेवामा निरन्तर लागिरहेको बताउनु भयो ।

उम्मेदवार बस्नेतले भन्नुभयो, “पाँच अगाडि जनताले हामीलाई दिएको मतको सम्मा गर्यौ, सदुपयोग गर्यौ, बिकासको आधिबेहरी ल्यायौ, तपाईहरुको चाहना अनुरुपको सेवामा लागिरहयौ, अबको पाँच वर्ष भनेको जेष्ठ नागरिकहरुको बौद्धिक केन्ख्र सञ्चालन गर्ने, आमाहरुको लागि कायृक्रम ल्याउने, महिलाहरुको लागि सीप विकासका कार्यक्रमहरु ल्याउने, रोजगारीको सृजना गर्ने, पर्यटनको बिकास गर्ने, सम्पदा बस्तहिरुको बिकास र संरक्षण गर्ने, ज्ञान बिज्ञानको केन्द्र बनाउने र नयाँ पुस्ताका लागि इलाईब्रेरी, खेलकुदलगायत बिभिन्न माध्यमबाट क्षमता अभिबृद्धि गर्ने काम गर्नेछौ ।”

पाँच वर्ष अगाडि भक्तपुरलाई सिंहदरबारसँग जोड्ने प्रतिबद्धता पुरा गरेकाले अब सिंहदरबारसँग जोड्ने मात्रै होइन, भक्तपुरले अब सिंहदरबारको नेतृत्व गर्छ, भक्तपुरको आवाजलाई सिंहरबारबाट लागू गराउछ, नीति निर्माण, कानून निर्माणको तहमा काम गर्छ, र बजेट निर्माणको तहमा काम गर्ने प्रतिबद्धता बोकेर जनता समक्ष आएकोब ताउनु भयो ।

उहाँले प्रदेश सभामा शसक्त उम्मेदवार लिएर आएको चर्चा गर्दै प्रदेश सभा (ख) का उम्मेदबार चन्दन कृष्ण श्रेष्ठ बौद्धिक व्यक्तित्व, शैक्षिक व्यक्तित्व र भक्तपुरका गुणस्तरीय शिक्षाको बिकासमा उहाँको योगदान, सार्वजनिक शिक्षाको बिकासमा उहाँको योगदान, प्राबिधिक शिक्षाको बिकासमा उहाँको योगदान रहेको बताउनु भयो । साथै घरेलुु तथा साना उद्योग संघको उपाध्यक्ष, औषधि व्यबस्था विभागका पूर्व अध्यक्ष हुँदा बन्द भएको उद्योग खुलेर सिटामोल एमजिटलगायतका औषधिहरु उत्पादन सुरु गराउन सफल भएको, मध्यपुरथिमिको उपमेयर हुँदा श्रेष्ठले कोइकाबाट रु. १४ करोड बजेट ल्याएर नेपाल कोरिया मेत्री अस्पताल निर्माण गराउन महत्वपूर्ण भूमिका खेल्नु भएको बताउनु भयो । महेश बस्नेतले भन्नुभयो, “आउँदो मंसीर ४ गते हुने निर्वाचनमा सूर्य चिन्हमा मतदान गरेर जिताउनु हुनेछ, त्यसपछि हामी पाँच वर्ष पूर्ण रुपमा तपाईहरुको सेवामा लाग्ने छौँ ।”

यो पनि पढ्नुहोस  वागमति प्रदेश स्वास्थ्य मन्त्री किरण थापाद्धारा भ्रष्टाचार नियन्त्रणको थालनी, बिचौलियाद्धारा कर्मचारीलाई धम्की

घरदैलो अभियानले मध्यपुरथिमि नगरपालिका वडा नं. ३ का बिभिन्न टोल, क्षेत्र र घरघरमा पुग्नु भएको थियो । उहाँहरुलाई टोल टोलमा स्वागत गर्दै अबिर, फूल माला लगाइदिएर विजयी यात्राको शुभकामना प्रदान गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित