शुक्रबार, कार्तिक १४, २०८३ | Fri October 30, 2026


शिक्षा तथा खेलकुद मन्त्रालयले लामो समयदेखि प्रतीक्षाको विषय बनेको विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारी

शिक्षा तथा खेलकुद मन्त्रालयले लामो समयदेखि प्रतीक्षाको विषय बनेको विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारी



काठमाडौँ, १२ कात्तिकः शिक्षा तथा खेलकुद मन्त्रालयले लामो समयदेखि प्रतीक्षाको विषय बनेको विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारीका कामलाई तीव्रता दिएको छ । सरकारले सङ्घीय संसद्मा बुझाएको यस आर्थिक वर्ष २०८३/८४ मा निर्माण गरिने १६६ वटा विधेयकको सूचीको प्राथमिकतामा परेको सो विधेयकमाथि प्राप्त सुझावका आधारमा अन्तिम रुप दिने तयारीमा मन्त्रालय लागेको छ ।
मन्त्रालयका प्रवक्ता श्रीप्रसाद भट्टराईले सरकारले संसद्मा बुझाइएको कार्यतालिका बमोजिम विधेयक तुर्जमाका लागि आवश्यक काम भइरहेको जानकारी दिनुभयो । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र मन्त्रीका सल्लाहकार र मन्त्रालयका प्रतिनिधिले यसबीचमा विभिन्न प्रदेशस्तरमा भएका छलफलमा विधेयकबारे सुझाव लिनुभएको छ । संविधानको कार्यान्वयन र सङ्घीयता अनुकूलका लागि विद्यालय शिक्षा क्षेत्रमा यो विधेयक अत्यावश्यक मानिएको छ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले यस आर्थिक वर्षमा कुल १६६ विधेयक पेस गर्ने भनी दिएको सूचीमा विद्यालय शिक्षा विधेयकसहित शिक्षा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित नौ विधेयक रहेका छन् ।
विधायन ऐन, २०८१ अनुसार कानुन मन्त्रालयले प्रत्येक आर्थिक वर्षमा संसद्मा पेस गरिने विधेयकहरूको सूचीसहित वार्षिक कार्यतालिका असार मसान्तभित्र सङ्घीय संसद्मा पठाउनुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार सम्बन्धित मन्त्रालयहरूसँग गत असार २४ र २५ गते छलफल गरी आगामी यस वर्षका लागि विधेयकहरूको प्राथमिकता निर्धारण गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेश

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित