शुक्रबार, कार्तिक १४, २०८३ | Fri October 30, 2026


नागरिकप्रति प्रहरी सङ्गठन समर्पित छ : केन्द्रीय प्रहरी प्रवक्ता काफ्ले

नागरिकप्रति प्रहरी सङ्गठन समर्पित छ : केन्द्रीय प्रहरी प्रवक्ता काफ्ले



काठमाडौँ, १२ कात्तिकः नेपाल प्रहरीले सरकारको नीति निर्देशनअनुसार नागरिकप्रतिको विधिसम्मत जिम्मेवारी एवं उत्तरदायित्व निर्वाह गर्न प्रहरी सङ्गठन सदैव समर्पित रहेको स्पष्ट पारेको छ ।
 केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले आज विज्ञप्ति जारी गर्दै कुनै पनि प्रकारका भ्रामक प्रचार, अनावश्यक दबाब वा गैरकानुनी गतिविधिबाट विचलित नभई संवैधानिक तथा कानुनी जिम्मेवारी पूरा गर्न प्रहरी कटिबद्ध रहेको स्पष्ट पार्नुभयो ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसँग जोडेर सार्वजनिक भएका अपुष्ट र अनुमानका समाचार तथा टिप्पणीले आमनागरिकमा भ्रम सिर्जना गरेको भन्दै उहाँले अपुष्ट, भ्रामक, तथ्यहिन र स्वार्थकेन्द्रित सूचनाको पछि नलाग्न अनुरोध गर्नुभएको छ ।
“सङ्गठनको प्रतिष्ठा, व्यावसाययिकता तथा कार्यसम्पादनमाथि भ्रम सिर्जना गर्ने उद्देश्यले नियोजितरुपमा भ्रामक सूचना सम्प्रेषण गरी नेपाल प्रहरीलाई कमजोर बनाउने वा सुरक्षा सङ्गठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्न सकिन्छ भन्ने सोच बनाएका सीमित व्यक्तिको चालबाजीलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइनेछ”, केन्द्रीय प्रहरी प्रवक्ता काफ्लेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  एमालेकाे महाधिवेशन लोकतन्त्र र राष्ट्रियताको रक्षा गर्ने जनप्रदर्शन : केपी ओली

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित