आइतवार, जेष्ठ १७, २०८३ | Sun May 31, 2026


असक्तलाई घरमै स्वास्थ्य सेवा

असक्तलाई घरमै स्वास्थ्य सेवा



फुङ्लिङ, २२ कात्तिक : ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ज्येष्ठ नागरिक र शारीरिक असक्त (अपाङ्गता भएका व्यक्ति)हरूको घरमै स्वास्थ्य सेवा अभियान थालेको छ । उहाँहरूलाई स्वास्थ्य सेवाको पहँुच पु¥याउनका लागि घर–घरमै स्वास्थ्य सेवा अभियानको सुरुआत गरेको हो । गाउँपालिकाले प्रत्येक वडामा प्रत्येक महिनाको एक दिन अभियानका रूपमा सञ्चालन गर्ने गाउँपालिकाले जनाएको छ । ज्येष्ठ नागरिक र शारीरिक असक्त (अपाङ्गता भएका व्यक्ति)घरमै स्वास्थ्य सेवा अभियान सुरुआत गरेको मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयो ।

मैवाखोला–४ साँघु ओदकबाट ६८ वर्ष उमेर पूरा गरेको ज्येष्ठ नागरिक र ‘क’ र ‘ख’ वर्गका शारीरिक असक्त भएका व्यक्तिका घर–घरमै पुगेर प्राथमिक स्वास्थ्य परीक्षण र स्वास्थ्य परामर्श सेवा सुरु भएको उहाँले बताउनुभयो । अभियानअन्तर्गत सेवाग्राहीलाई पालिकाले प्राथमिक औषधिले भरिएको एक–एक थान किट बक्ससमेत उपलब्ध गराएको मैवाखोल गाउँपालिकाका प्रवक्ता चन्द्र तामाङले बताउनुभयो ।

स्वास्थ्य परीक्षणमा क्रममा देखिएको स्वास्थ्य समस्याका आधारमा न्यूनतम प्राथमिक औषधिले भरिएको किट बक्स उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ । पालिकाभित्र रहेका ६८ वर्ष उमेर पूरा भएका जेष्ठ नागरिक र ‘क’ र ‘ख’ वर्गका शारीरिक असक्त व्यक्तिको तथ्याङ्क एकीकृत सूची तयार गरेर प्रत्येक महिना चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली घर–घरमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  बालुवाटारबाट भागेको होइन, पाण्डवजस्तै ‘लाक्षागृह’बाट ज्यान जोगाउन निस्किएको हुँ: केपी ओली

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित