शनिबार, मंसिर २२, २०८१ | Sat December 07, 2024


एमाले प्रवेश गर्दै युवाहरुले भने : राष्ट्रिय राजनीतिका लिडर र देशको नेतृत्व गर्न सक्ने भक्तपुरका एक मात्र नेता महेश बस्नेत

एमाले प्रवेश गर्दै युवाहरुले भने : राष्ट्रिय राजनीतिका लिडर र देशको नेतृत्व गर्न सक्ने भक्तपुरका एक मात्र नेता महेश बस्नेत



भक्तपुर, २२ कात्तिक । ‘राष्ट्रिय राजनीतिका लिडर र देशको नेतृत्व गर्न सन्ने भक्तपुरका एक मात्र नेता हुन्, महेश बस्नेत । त्यसैले आज यो सूर्यविनायकको कार्यक्रममा हामीले विश्वासिलो, आशालाग्दो, भरपर्दो र बोलेको कुरा पुरा गर्ने विकासप्रेमी, जनसेवी महसुस गरि आउदो मंसिर ४ गतेको निर्वाचनमा विजयी बनाउने अभियान बोकेर एमाले प्रवेश गरेका हौ ।’

उक्त भनाइ हो, नेकपा एमाले सूर्यविनायक नगरपालिका वडा नं. ६ को आयोजनामा आज मंगलबार भएको घर दैलो तथा बृहत पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरेका ६५ जना युवाहरुको आवाज हो ।’ प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आउन १२ दिन मात्रै बाँकी रहदा पनि बिभिन्न पार्टी त्यागेर नेकपा एमालेमा प्रवेश गर्ने युवाहरुको भने लर्को छ ।

चुनाव नजिकिदै गर्दा एमालेमा बढ्दो जनलहर देखेर मतदाताहरुमा उत्साह थपिएको बताउनु हुन्छ, एमालेका युवा नेता तथा प्रदेश सभाका लागि भक्तपुर क्षेत्र नं. २ (क) सूर्यविनायकबाट उम्मेदवार बन्नु भएका किरण थापा । उहाँले युवा, महिलादेखि जेष्ठ नागरिकसम्मको एमाले प्रतिको आकर्षण, विश्वास र भरोसाका कारण एमालेमा दिनानुदिन पार्टी प्रवेश गर्नेको लर्को लागेको बताउनु भयो ।

वाग्मपति प्रदेश सभाका उम्मेदवार थापाले एमालेको दैनिक रुपमा भएको घरदैलो कार्यक्रममा बिभिन्न पार्टीहरु परित्याग गरि एमाले प्रवेश गर्नेहरुको लर्को लागेको अबस्थामा आज मंगलबार पनि युवाहरु एमाले प्रवेश गरेको बताए । विक्रम कर्मचार्यको नेतृत्वमा नेपाली कांग्रेस, नेपाल मजदुर किसान पार्टी, नेकपा एकीकृत समाजवादी र राप्रपाबाट ६५ जना युवाहरु एमाले प्रवेश गरेका हुन् ।

एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा एवं भक्तपुर क्षेत्र नं. २ प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेत र प्रदेशसभा ‘क’ सूर्यविनायक क्षेत्रका उम्मेदवार किरण थापा, समानुपातिक उम्मेदवार शकुन्तला श्रेष्ठले एमाले प्रवेश गर्नेहरुलाई टीका र खादा लगाएर स्वागत गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस  रु. १५ लाखको नक्कली नोट सहित नौ जनालाई पक्राउ

कार्यक्रममा एमाले नेता बस्नेतले भन्नुभयो, ‘एमालेले पार्टीमा कसैलाई काखा र कसैलाई पाखा गर्दै, योग्यता र क्षमताको आधारमा पार्टीले सबैलाई जिम्मेवारी दिन्छ । आगामी मंसिर ४ गतेको निर्वाचनमा एमालेले बहुमत सहितको सरकार बनाउछ, त्यसका लागि हामी सबैले आ–आफ्नो क्षेत्रबाट एमालेका उम्मेदवारलाई विजयी गराउन सक्रिय भएर लाग्नुस् ।’

राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको पक्षमा एमाले जहिले पनि अटल र अडिक रहेको उल्लेख गर्दै उहाँले राष्ट्रघाती नागरिकता विधेयक, एमसीसी तथा एसपीपी जस्ता सम्झौताको सडक तथा सदनमा विरोध गरेको बताउनुभयो । पार्टी प्रवेश गर्ने युवाहरुले राष्ट्रिय राजनीतिका लिडर र देशको नेतृत्व गर्न सन्ने भक्तपुरका एक मात्र नेता महेश बस्नेत भएको महसुस गरि आउदो मंसिर ४ गतेको निर्वाचनमा विजयी बनाए पछि मात्रै बिश्राम लिने बताए ।

उनीहरुले विगनका निर्वाचनहरुमा नेमकिपाले दुई पटक, काँग्रेसले दुई पटक विजयी गराए पनि कुनै पनि काम नगरेको तर महेश बस्नेतले एक पटक जित्दा भक्तपुरको विकासले निकै फड्को मारेको महसुस गरि एमालेबाट महेश बस्नेत र किरण थापालाई अत्याधिक विजयी हासिल गर्न र गराउन यस पर्टीमा आएको बताएका थिए ।

नेता महेश बस्नेतको भक्तपुरको विकास र समृद्धिको यात्रामा अगाडी बढ्ने प्रतिवद्धता जनाउदै उनीहरुले जिल्लामा नै रोजगारीको वातावरण सिर्जना गर्न नेता बस्नेतसँग माग समेत गर्दै नवप्रवेशीलाई पनि योग्यता र क्षमताको आधारमा उचित जिम्मेवारी दिई मुलुक निर्माणमा परिचालन गर्न आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित