बुधबार, भदौ ३, २०८३ | Wed August 19, 2026


वागमती प्रदेशमा एमाले नेतृत्व सरकार गठन हुदै, किरण थापा मगरले बिहिबार मुख्यमन्त्रीको सपथ ग्रहणसंगै मन्त्रिमण्डल गठन हुने

वागमती प्रदेशमा एमाले नेतृत्व सरकार गठन हुदै, किरण थापा मगरले बिहिबार मुख्यमन्त्रीको सपथ ग्रहणसंगै मन्त्रिमण्डल गठन हुने



======================================

सहमती लगत्तै आजै एमाले नेता किरण थापा मगरले वागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्नु भएको छ । उहाँले नेकपा र राप्रपाको समर्थनमा बहुमतको सरकार गठन गर्न मुख्यमन्त्रीमा दाबी पेश गर्नु भएको हो । मुख्यमन्त्रीमा  किरण थापा मगरले बिहिबार मुख्यमन्त्रीको सपथ ग्रहणसंगै मन्त्रिमण्डल गठन हुने भएको छ । 

======================================

भक्तपुर, ३ भदौ । वागमती प्रदेशमा एमालेको नेतृत्वमा सरकार गठन हुने भएको छ । आज बिहानदेखि एमालेको नेताहरु र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरुबीच भएको छलफलमा दिउँसो १ बजे सहमती भएको थियो ।

सहमती लगत्तै आजै एमाले नेता किरण थापा मगरले वागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्नु भएको छ । उहाँले नेकपा र राप्रपाको ६३ जना प्रदेश सभा सदस्यीयको  समर्थनमा बहुमतको सरकार गठन गर्न मुख्यमन्त्रीमा दाबी पेश गर्नु भएको हो । सहमती लगत्तै आजै एमाले नेता किरण थापा मगरले ६३ जना प्रदेश सभा सदस्यीयको समर्थन प्राप्त गरि वागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्नु भएको छ । उहाँले नेकपा र राप्रपाको समर्थनमा बहुमतको सरकार गठन गर्न मुख्यमन्त्रीमा दाबी पेश गर्नु भएको हो । मुख्यमन्त्रीमा  किरण थापा मगरले बिहिबार मुख्यमन्त्रीको सपथ ग्रहणसंगै मन्त्रिमण्डल गठन हुने भएको छ ।

सरकारबाहिर बसेरै राप्रपाले सरकारलाई समर्थन गर्ने भएपछि एमाले नेतृत्वमा नयाँ सरकार गठनको बाटो खुलेको हो । सदनको चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारलाई समर्थन गर्ने भएपछि एमाले नेतृत्वमा सरकार गठनलाई सहज भएको हो ।

केन्द्रीय तहमा भएको सहमतिअनुसार बागमती प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने निर्णय भए अनुसार मंगलबार बसेको एमाले संसदीय दलको बैठकले जेएन थपलियालाई दलको नेतामा कायमै राख्ने र नेता किरण थापालाई मुख्यमन्त्री बनाउने सहमती भएको थियो ।

बागमती प्रदेशसभामा १०४ सदस्यीय रहेकोमा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ । हाल नेकपाका २६, एमालेका २५ र राप्रपाका १२ सांसद सहितको समर्थनमा बहुमतको सरकार गठन हुन भएको छ ।

यो पनि पढ्नुहोस  डोलेश्वर महादेव मन्दिर भक्तपुरमा ३८ दिने श्रावणी मेला ५० लाख स्वदेशी तथा भारतीय भक्तजनलाई सेवा दिने गरि मेलाको तयारी पुरा

कांग्रेसले एमालेसँगको सत्ता सहकार्य तोडेपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजीनामा दिएका थिए । राजीनामापछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि बिहीबार दिउँसो ४ बजेसम्मको समय दिएका थिए । सोही अनुरुप मंगलबार साँझ एमाले र नेकपाबीच छलफल भएको र आज बिहानदेखि राप्रपासंग छलफल गरि सहमति भएको थियो ।

प्रदेशसभामा कांग्रेसका ३६, नेकपाका २६, एमालेका २५, राप्रपाका १२, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित