बिहिबार, कार्तिक ६, २०८३ | Thu October 22, 2026


ध्यपुरथिमिमा लोपोन्मुख अबस्थामा पुगेको जीवित देवी कुमारी दर्शन गराउने परम्परा रोकिएको ६२ वर्षपछि पुन सुरु

ध्यपुरथिमिमा लोपोन्मुख अबस्थामा पुगेको जीवित देवी कुमारी दर्शन गराउने परम्परा रोकिएको ६२ वर्षपछि पुन सुरु



भक्तपुर, ४ कात्तिक : भक्तपुरको मध्यपुरथिमिमा लोपोन्मुख अबस्थामा पुगेको जीवित देवी कुमारी दर्शन गराउने परम्परा रोकिएको ६२ वर्षपछि आजबाट पुन सुरु भएको छ ।  स्थानीय शाक्य, बज्राचार्य तथा अभियन्ताको पहल एवं लायकू पःमां, कर्माचार्य तथा बज्राचार्यहरूबीच छलफलबाट धार्मिक एवं ऐतिहासिक महत्व बोकेको कुमारी दर्शन गराउने परम्परा आजबाट पुनः जीवित भएको हो ।
मध्यपुरथिमि चपाचोकी चार वर्षीया आयुषी बज्राचार्य यसवर्ष जीवित देवी कुमारीका रूपमा नियुक्त गरिएको थियो । आज उहाँलाई आदर्शस्थित लायकु दरबारमा राखेर सर्वसाधारणले दर्शन एवं कुमारीको हातबाट टीका ग्रहण गरेका थिए ।
करिब ६२ वर्ष अगाडिसम्म मध्यपुरथिमिमा जीवित देवी कुमारीलाई पुज्ने परम्परा रहदै आएकोमा आथिक लगायत बिभिन्न कारणले ऐतिहासिक एवं मल्लकालिन परम्परा रोकिएको बताउनु हुन्छ संस्कृतिकर्मी एवं पमा नाइके श्यामकाजी पमा श्रेष्ठ ।  राजा राय मल्ले नोल सम्बत ६११ मा जीवित देवी कुमारीलाई तलेजु भवानीको दोश्रो रुपमा पुजिदै आएको उहाँले बताउनुभयो ।
उहाँले थिमिमा पनि भक्तपुरको एकान्त कुमारी छनौट गरेजस्तै सबै बिधि बिधान पुर्याएर भक्तपुरको क्वाठण्डौस्थित प्रसन्न महाबिहारबाट दुईदेखि पाँच वर्षको कन्यालाई कुमारीको रुपमा छनौट गर्ने परम्परा अनुसार नै मध्यपुरथिमिमा चार वर्षीया आयुषी बज्रार्चालाई कुमारीमा छनौट गरिएको बताउनुभयो ।
पमा नाईके श्यामकाजीले भन्नुभयो, “मध्यपुरथिमिमा करिब ६०÷६२ वर्षपछि आज जीवित देदी कुमारी पुज्ने, दर्शन गर्ने र टीका लगाउने परम्परा पुनः सुरु भएको छ, आज कुमारीका पिता सुरेश बज्राचार्यले बोकेर कुमारीलाई ममा नाइकेको भएकाले मेरो घरमा ल्याउनु भयो, मैले कुमारीको हातको टीका ग्रहण गरेर दक्षिणा र सुगन दिएपछि बालकुमारी परिक्रमा गराई लायकु दरबारमा राखेर दिनभर स्थानीयले कुमारीको हातबाट टीका ग्रहण गर्नु भएको छ ।”
मध्यपुरथिमिमा कुमारी घर नहुदाँ कुमारीलाई कुमारी घरमा राख्न नपाएको भन्दै नगरपालिकाले कुमारी घरको व्यबस्था गरिदिनु पर्ने र यो परम्परालाई हरेक वर्ष निरन्तरता दिने व्यबस्था गर्नु पर्ने उहाँले बताउनुभयो ।
मल्लकालीन दरबार रहेका स्थानमा तुलजा भवानीको प्रतीकका रूपमा जीवित देवी कुमारी रहने परम्परा रहदै आएको पाईन्छ । सिम्रौनगढका राजा हरिसिंहदेवमार्फत तुलजा भवानीलाई नेपालमण्डलमा ल्याइएको र त्यसपछि तुलजा भवानी मल्ल राजाहरूकी आराध्य देवीका रूपमा प्रतिष्ठित हुनुभएको एतिहासिक एवं धार्मिक मान्यता रहदै आएको छ ।
तुलजा भवानीको आराधनाका लागि मल्लकालीन दरबार परिसरमा तलेजु मन्दिर स्थापना गर्ने परम्परा सुरु भएको र तलेजु भवानीकै प्रतीकका रूपमा कुमारी माजुलाई पूजा आराधना गर्ने धार्मिक मान्यता रहदै आएको छ ।  यसअघि मध्यपुर थिमि–५ स्थित हात्तिमहांकालको याचिं बहाःबाट छ वर्षीया एब्रिना बज्राचार्य थिमि कुमारीका रूपमा नियुक्त हुनुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  डीडीसीले बढायो दूधको मूल्य

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित