बिहिबार, बैशाख १७, २०८३ | Thu April 30, 2026


बालकोटको घरदैलोमा एमालेको जनलहर

बालकोटको घरदैलोमा एमालेको जनलहर



भक्तपुर, १९ कात्तिक । शनिवार दिउँसो मध्यपुरथिमि र सूर्यविनायक नगरपालिका जोड्ने बालकोट कौशल्टार पुल पार गरेर सूर्यविनायक नगरपालिका वडा नं. २ बालकोटमा यहाँका मतदाताहरु हातमा नेपालको झण्डा, फूल माला र एमालेको झण्डा लिएर प्रतिक्षारत थिए ।

विगत पाँच वर्षमा सांसद भएर यहाँको बिकासमा लामो फड्को मार्नु भएका पूर्व सांसद, पूर्व मन्त्री एवं एमालेका नेता महेश बस्नेत र जुझारु, समाजसेवी, विकासको लामो भिजन भएका, हसमुख स्वभावका प्रदेश सभा (क) का उम्मेदवार किरण थापा, एमालेकी समानुपातिक उम्मेदवार शकुन्तला श्रेष्ठ त्यस क्षेत्रमा पुगे तब यहाँका बासिन्दाले एमाले जिन्दावाद, सूर्यमा छाप झ्याप झ्याप जस्ता नारा लगाउन थाले ।

त्यसो त नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको बसोबास क्षेत्र रहेको यस वडामा एमाले भक्तपुर क्षेत्र नं. २ क्षेत्रीय प्रचार प्रसार समितिले शनिवार आयोजना गरेको घरदैलो कार्यक्रममा जब बालकोटमा महेश–किरणको जोडी पस्यो तब उभिएर हेरिरहेका स्थानीयले भने विकास गर्ने नेताको छबी देख्दै थाहा हुन्छ, यो जोडीले अब पाँच वर्ष काम गर्न पाए भने हाम्रो ठाउँमा काँचुली फेरिन्छ, अब कुनै समस्या बाँकी रहदैन ।

दिउँसो ३ बजेदेखि गरेको घरदैलो कार्यक्रम झमक्क साँझ पर्दा पनि सकिएको थिएन । हाम्रो गाउँ बनाउने, हाम्रो ठाउँ बिकास गर्ने, जनताको नेतालाई स्वागत गर्छौ भन्दै राती ७ बजेसम्म चोकमा महेश र किरणको जोडीलाई विजयीको आर्शिवाद दिन चोक चोकमा प्रतिक्षारत उमेर पोकेका बाआमादेखि, महिला र युवाहरुसमेत प्रतिक्षारत थिए ।

बालकोट महेन्द्र शान्ति माध्यमिक बिद्यालय नजिक पुग्दा पसलमा बसेका एक हुल बालकोटबासी भन्दै थिए । कस्तो थियो बालकोट अहिले कस्तो भयो, धुलो उडेर बर्षौ, दुख खेप्नु पर्यो, बाटो साँघुरो, चित्रपुर जाने बाटो त झन हेरि नसक्नु, अहिले यस्तो बन्यो ।”

पसलमा उभिएकी एक महिलाले भनिन्, ‘नेता हुन् त महेश बस्नेत जस्तो, नेमकिपालाई दुई पटक, काँग्रेसलाई दुई पटक यहाँका जनताले भोट दिएर नजिताएका होइनन्, तर सम्झन लायक एउटै काम गरेनन्, अहिले पाँच वर्षमा यहीँ महेशले बालकोटको बाटो कत्रो बनाए, चारदोबाटोबाट बालकोट चोक आउने सडक कस्तो थियो, झगडा मिलाएर यिनैले बनाए, अहिले हेरौँ त हाम्रो घर अगाडि बालकुमारी पुलबाट बालकोट हुदै चित्रपुर जाने यति फराकिलो कालो सडक बनाए, यो कामलाई त हामीले देखेका छौँ, त्यसैले भोट त यस पटक पनि यिनलाई नै दिने हो ।’

यो पनि पढ्नुहोस  राष्ट्रिय महाधिवेशन उद्घाटमा सहभागिताकाे लागि एमाले भक्तपुरकाे अपिल, सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुराेध

बालकोटका बासिन्दालाई प्रदेश सभा उम्मेदबार किरण थापाले पानीको समस्या तत्काल समाधान गर्ने बचन दिए । बालकोटमा वर्षौदेखि रहेको खानेपानी समस्याको समाधान हुन नसकेको बेलामा थापाले चुनाबी एजेण्डा मात्र नभई बालकोटको बासिन्दालाई मूलको पानी र डिप बोरिङ्ग गरेर सञ्चालनमा नल्याई राखिएको पानी एक महिना भित्र बितरण गर्ने बचन दिए । बालकोटमा बासिन्दाले खानेपानीको आशा होइन, किरण थापाबाट भरोसा गरेका छन् । थापाले त्यो भरोसा ट्टन नदिने प्रतिबद्धता गरेका छन् ।

घरदैलो कार्यक्रममा उम्मेदवारले समग्र क्षेत्र नं. २ मा ठूला माग सम्पन्न भएको र साना तथा आधुनिक सहर विकासको माग अब पुरा गर्ने प्रतिबद्धता गरेका छन् । उम्मेदवार बस्नेत र थापाले एक महिना भित्र बालकोटका बासिन्दालाई पानी खुवाउने बचन दिएका छन् । घरदैलो कार्यक्रममा स्थानीयवासीले टोल टोल र घर घरमा स्वागत गरेका थिए । चोक चोकमा घडा थापेर टीका र फूल माला लगाइदिएर विजयीको आर्शिवाद दिएका थिए । अहिले शुभकामनाको माला र मंसीर ७ गतेभित्र विजयीको माला पहिराउन आतुर रहेको बताएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित