बुधबार, जेष्ठ १३, २०८३ | Wed May 27, 2026


सिडिओ शर्माको कदम : अपाङ्ग र जेष्ठ नागरकलाई घरघरमै नागरिकता वितरण

सिडिओ शर्माको कदम : अपाङ्ग र जेष्ठ नागरकलाई घरघरमै नागरिकता वितरण



भक्तपुर,  : नेपाली नागरिकता लिन जिल्ला प्रशासन कार्यालय जान सकिदैन, नागरिकता नपाउँदा जीवनभर नागरिकको पहिचान नपाइने पो होकि भन्ने चिन्ता छ, अशक्त अपाङ्ग छोराछोरी वा सन्तानको नागरिकता कसरी लिने भनेर अभिभावकलाई चिन्ता छ भने अब कोही पनि अपाङ्गले चिन्ता लिनु पर्दैन ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उपस्थित हुनै नसक्ने अशक्त, पूर्ण अपाङ्ग भएर हिड्डुल गर्न नसक्ने नेपाली नागरिकका लागि भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले घरघरमै पुगेर नागरिकता वितरण गर्न सुरु गरेपछि अशक्त अपाङ्गलाई नागरिकता लिन अब सहज भएको छ ।

भक्तपुरकी प्रजिअ शर्माले मध्यपुरथिमि नगरपालिका–४ की सुप्रिना श्रेष्ठलाई प्रशासनको टोलीसहित घरमै पुगेर हातैमा नागरिकता प्रदान गर्नु भएको हो । स्थानीय तहको सिफारिस, जनप्रतिनिधिको सहयोग तथा प्रशासनिक सबै प्रक्रिया पुरा गरेर अशक्त तथा अपाङ्ग १९ वर्षीया श्रेष्ठलाई घरमै पुगेर उहाँले नागरिकता प्रमाण पत्र दिएपछि अपाङ्गमा मात्रै नभई सिंगो परिवारमा खुसी छाएको छ ।

नागरिकता प्रमाणपत्र पाए पछि अपाङ्ग श्रेष्ठले नागरिक हुनुको पहिचान मात्र पाउनु भएन उहाँलाई नेपाल सरकारले उपलब्ध गराउने पूर्ण अपाङ्ग भत्ता लिन समेत सहज हुने भएको छ । प्रजिअ शर्माले भन्नुभयो, “सेवाप्रदायक कार्यालयसम्म पूग्नै नसक्ने नागरिकका लागि हामीले घरमै गएर नागरिकता प्रदान गर्न सुरु गरेका छौँ, जनप्रतिनिधिहरु सहभागि बैठकमा पनि मैले त्यसबारे जानकारी गराउने र त्यस्ता नागरिक छन् भने सूचना दिन र समन्वय गरिदिन आग्रह गरेको छु, त्यस्ता सूचना आएसम्म घरमै पुगेर नागरिकता बितरण गर्दै उनीहरुको हक, अधिकारको सुनिश्चिचता गर्ने गरेका छौँ ।”

उहाँले केही वर्ष अगाडिसम्म बेलाबेलामा स्थानीय तहमै हुने घुम्ती सेवामा त्यस्ता नागरिकले नागरिकता लिने गरेपनि पछिल्लो केही वर्षयता घुम्ती सेवा बन्द भएपछि नागकिकको हकलाई १०० प्रतिशत उपलब्धीमा पुर्याउन र सरकारको अनूभुति गराउन पनि घरमै गएर नागरिकता वितरण गरिएको बताउनु भयो ।

यो पनि पढ्नुहोस  केटीएम सिटीले काठमाडौंको बौद्धमा नयाँ आउटलेट सञ्चालन

घरमै पुगेर नागरिकता वितरण गर्दा परिवारजनमा पनि राज्यप्रति सकारात्मक भाव पैदा हुने बिश्वास व्यक्त गर्दै उहाँले कतिपय अशक्त अपाङ्गलाई नागरिकता लिन कार्यालयमै ल्याएको देखेपछि दुःख लागेको बताउनु भयो ।

छोरीले नागरिकता पाएपछि सुप्रिनाकी आमा सुशीला श्रेष्ठले भन्नुभयो, “हिडडुल गर्न नसक्ने मेरो छोरीले अब नागरिकता कसरी पाउली भन्ने चिन्ता थियो, सिडिओ साहेब आफै घरमा आएर नागरिकता दिनु भयो, धेरै खुसी भएका छौँ, घरमा एक जना अपाङ्ग हुँदा त्यसको पीडा कति हुन्छ भन्ने कुरा भोग्ने परिवारलाई थाहा हुन्छ, त्यो पीडामा नागरिकता ठूलो औषधि बनेको छ ।”

त्यसो त यसअघि पनि प्रजिअ शर्माले अशक्त अपाङ्ग र जेष्ठ नागरिकलाई घरघरमै गएर नागकिता वितरण गर्नु भएको थियो । यसअघि उहाँले सूर्यविनायक नगरपालिका–४ दधिकोटस्थित चरखण्डीका ९१ वर्षिय जेष्ठ नागरिक सूर्यबहादुर खड्कालाई घरमै पुगेर नागरिकता वितरण गर्नु भएको थियो । ९१ वर्षको उमेरमा नागरिकता पाउने खड्का मात्रै होइन उहाँको परिवार पनि उत्तिकै खुसी भएका थिए ।

प्रजिअ शर्माले सूर्यविनायक नगरपालिका–१ सिरुटारकी अशक्त अपाङ्ग अनुपमा मिश्रलाई पनि घरमै गएर नागरिकता प्रदान गर्नु भएको थियो । विगत पाँच वर्षदेखि आँखाको ज्योती गुमेको, शरीरको कम्मरमुनीको भाग नचल्ने र नियमितरुपमा अक्सिजन लिईरहनु पर्ने मिश्रलाई उहाँले नागरिकता प्रदान गर्नु भएको हो । प्रजिअ शर्माले अशक्त, अपाङ्ग र कार्यालयसम्म आउन नसक्ने जेष्ठ नागरिकलाई घरमै गएर नागरिकता वितरण गर्ने कार्यलाई जारी राख्ने बताउनु भयो ।

प्रजिअ शर्मासंगै सहायक प्रजिअ माधवप्रसाद शर्मा र प्रमुख प्रशासकीय अधिकृत उर्मिला खतिवडा घिमिरे लगायत नागरिकता फाँटका कर्मचारीसमेतको टोली घरमै पुगेर सबै प्रक्रिया पुरा गर्दै स्थानीय जनप्रतिनिधि समेत सहभागीतामा नागरिकता वितरण गर्दै आउनु भएको छ ।
मध्यपुरथिमिको श्रेष्ठलाई नागरिकता वितरण पछि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले सिडिओको कदम प्रशंसा योग्य रहेको भन्दै नगरपालिकाले दिने महत्वपूर्ण सेवाहरु पनि यसैगरि घरदैलोमै प्रवाह गर्ने व्यबस्था मिलाउने बताउनु भयो ।

यो पनि पढ्नुहोस  बालुवाटारबाट भागेको होइन, पाण्डवजस्तै ‘लाक्षागृह’बाट ज्यान जोगाउन निस्किएको हुँ: केपी ओली

त्यसो त भक्तपुरको प्रजिअ भएर आउनु अगाडि गुल्मीको प्रजिअ हुँदा पनि उहाँले जनतासँगै रहेर यस्ता सामाजिक दायित्वको काम गर्नु भएको थियो । गुल्मीको प्रजिअ हुँदा शर्माले गुल्मीको मुसिकोट नगरपालिका–१ की ६६ वर्षीया झगि विकलाई घरमै गएर नागरिकता वितरण गर्नु भएको थियो ।

गुल्मीकै प्रजिअ रहदाँ पनि उहाँले दुर्घटनाबाट घाइते भएर उपचारमा रहेका एक बालकको लुम्बिनी मेडिकल कलेजमा उपचार खर्च तिर्न नसक्दा उहाँले तत्कालै बिभिन्न निकायसँग रकम संकलन गरि बालकको परिवारलाई रु.एक लाख १२ हजार १४० रुपैया हस्तान्तरण गरी उद्धार गरेको स्मरण गर्नु हुन्छ ।

गुल्मी इस्मा गाउँपालिका–४ दोहलीमा घरमा चटयाङ लागेर मृत्यु भएका ११ बर्षीय बालक र अन्य तीन जनाको परिवारलाई उपचारको व्यबकस्था गर्नुका साथै मृतक परिवारलाई रु. २ लाख उपलब्ध गराउनु भएको थियो । त्यस्तै रामेछापमा पनि प्रजिअ हुँदा उहाँले सामाजिक जिममेवारी निर्वाह गर्दै मन्थली नगरपालिका–१२ गेलुका आगलागीमा परि घर जलेका तीन परिवालाई घरमै पुगेर राहत सामग्री प्रदान गर्नु भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित