बिहिबार, बैशाख १७, २०८३ | Thu April 30, 2026


भक्तपुर नगरपालिकाद्धारा विदेशी पर्यटन शुल्क बृद्धि

भक्तपुर नगरपालिकाद्धारा विदेशी पर्यटन शुल्क बृद्धि



भक्तपुर, : अमेरिकी डलरको भाउँ बढेको भन्दै भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र प्रवेश गर्ने विदेशी पर्यटकसँग लिदै आएको पर्यटन शुल्क समायोजन गर्दै बृद्धि गरेको छ ।

नगरपालिकाले विश्व सम्पदा सूचीँमा सूचिकृत भक्तपुर दरबारस्कवायरलगायतका नगरपालिका भित्रका सम्पदा अवलोकनका लागि प्रवेश गर्ने विदेशी पर्यटकहरुका लागि लिदै आएको पर्यटन शुल्कमा २०२३ जनवरी १ देखि लागू हुने गरी बृद्धि गरेको हो । नगरपालिकाका पर्यटन सूचना केन्द्रका प्रमुख गौतम लासिवाले अमेरिकी डलरको मूल्य उच्च रुपमा बृद्धि हुदै गएपछि नगरपालिकाले पर्यटन शुल्कमा सोही अनुरुप शुल्क समायोजन गरेको बताउनु भयो ।

नगरपालिकाले नगरपालिका प्रवेश गर्ने सार्क राष्ट्रका पर्यटकसँग लिदै आएको रु. ५०० शुल्क यथावतै राखेको र सार्क राष्ट्र बाहेक अन्य राष्ट्रका पर्यटकसँग रु. एक हजार पाँचसय लिदै आएकोमा जनवी १ देखि एक हजार ८०० रुपैया लिने निर्णय कार्यान्वयनमा ल्याएको उहााले बताउनु भयो ।

प्रमुख लासिवाले भन्नुभयो, “नगरपालिकाले नगर परिषद्बाटै शुल्क समायोजन गर्ने निर्णय गरेको थियो, त्यसलाई जनवरी १ देखि लागू गरेका हौ, डरलको मूल्य १३० को हाराहारीमा पुगेकाले मूल्य समायोजन गरेका हौँ, डलरमा शुल्क भुक्तान िगर्नेहरुसँग रु. १५ अमेरिकी डलर नै लिने र नेपाली रुपैयाँ भुक्तानी गर्नेको हकमा १५ सयको सट्टामा १८ सय लिने निर्णय कार्यान्वयनमा ल्याएका हौँ ।”

पर्यटकसंग लिदै आएको शुल्क बृद्धि नगरिएको तर मूल्य समायोजन गरिएको बताउदै उहाँले यसअघि पनि सार्क राष्ट्रका पर्यटकसँग रु. ५०० र त्यसबाहेक अन्य मूलकका पर्यटसाग लिदै आएको १५ अमेरिकी डलरमा बृद्धि नगरिएको उहाँको भनाइ छ । यसअघि नेपाली रु. एक हजार ५०० तिर्दै आएका विदेशी पर्यटकले भने अब रु. एक हजार ८०० रुपैयाँ तिर्नु पर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  सर्लाहीमा थपियो निषेधाज्ञा,

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित