आइतवार, साउन १०, २०८३ | Sun July 26, 2026


रजत वर्षको अवसरमा नेपाल निर्यात परिषद्को पत्रकार सम्मेलन, नेपाली उत्पादनको निर्यात बढाउन सरकारसंग माग

रजत वर्षको अवसरमा नेपाल निर्यात परिषद्को पत्रकार सम्मेलन, नेपाली उत्पादनको निर्यात बढाउन सरकारसंग माग



भक्तपुर, २० पुस : नेपाल निर्यात परिषद्ले आर्थिक वर्ष २०७९÷०८० को पाँच महिनामा कुल निकासी ३४.६ प्रतिशतले घटेको बताएको छ ।
रजत जयन्तीको अवसर पारेर आज भक्तपुरमा परिषद्ले आयोजना गरेको पत्रकार सममेलनमा परिषद्का अध्यक्ष रेशमबहादुर पोखरेलले चालू आ.ब.को मंसिर महिनासम्ममा नेपालको निकासी गत आ.ब.को तुलनामा घटेर ६७.३० अर्बमा झरेको बताउनु भयो ।

“आ.ब. २०७७÷०७८ मा नेपालको कूल बैदेशिक व्यापार अघिल्लो वर्षको तुलनामा २६.१ प्रतिशतले बृद्धिभई रु. २१२०.४८ अर्ब पुगेको थियो । बैदेशिक व्यापार बढ्दा नेपालको कूल निकासी पनि ४१.७ प्रतिशतले बृद्धि भई रु. २००.०३ अर्ब पुगेको र पैठारी २४.७ प्रतिशतले बृद्धि भई रु.१९२०.४५ अर्ब पुगेको थियो ।”, पत्रकार सम्मेलनमा अध्यक्ष पोखरेलले भन्नुभयो, “ तर आ.ब.२०७९÷०८० को प्रथम पाँच महिनामा नेपालको कूल निकासी ३४.६ प्रतिशतले घटेर रु.६७.३० मात्रै रहेको छ । हाम्रो देशको अर्थ व्यबस्था निर्यातमुखी नभयृ आयातमुखीमै निभृर हुँदा समस्या आएको छ ।”

सरकारले निर्यात योग्य वस्तु उत्पादन र निर्यातकर्तालाई सहुलियत दरमा कृषिसरह बैंकिङ ब्याजको व्यवस्था गर्न माग गर्दै उहाँले आयातमुखी अर्थतन्त्रका कारण मुलुकको अर्थतन्त्र बलियो बनन नसकेको बताउनु भयो । अध्यक्ष पोखरेलले राज्यले निर्यातमुखी उत्पादनशिल उद्योगका लागि १० वर्षसम्म विभिन्न छुटको व्यवस्था गर्नुपर्ने माग गर्दै नगद प्रोत्साहन प्राप्त गर्न प्रक्रियागत झन्झटिलो व्यबस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिनु भयो ।

सरकारले नेपाली उत्पादन वस्तु बिभिन्न मुलुकमा निर्यातका लागि विश्वव्यापी मान्यता प्राप्त ल्याबको स्थापना गर्नु पर्नेमा जोड दिदै नेपाली परम्परागत उत्पादनलाई छिमेकीलगायत बिभिन्न मुलुकहरुसँग प्रतिष्पर्धी बनाउन सरकारले आफ्ना कुटनितिक नियोगमार्फत नेपालका निर्यात योग्य वस्तुहरुको व्यापक रुपमा प्रचार गर्नुपर्ने बताउनु भयो ।

चर्को हवाई भाडा, दक्ष जनशक्तिको अभाव, तरलता अभाव, बजार प्रवद्र्धन, कच्चा पदार्थ ढुवानी खर्च महँगो, बजार विविधिकरणको कमीका कारण नेपाली उत्पादन विदेशमा निर्यात वृद्धि, कर प्रणालीमा असमानताका कारण निर्यात बृद्धिमा समस्या आएको अध्यक्ष पोखरेलले भनाइ छ ।

यो पनि पढ्नुहोस  एमाले महाधिवेशन उद्घाटन स्थल प्रतिनिधिदेखि कार्यकर्ताका आगमनले चहलपहल बढ्यो

आयातमुखी बजारलाई निर्यातमुखी बनाउन परिषद्ले निर्यात दिवसको अवसरमा यहीँ पुस २१ र २२ गते काठमाडौंको ठमेलमा नेपालमा उत्पादित बिभिन्न सामानहरुको २० वटा स्टल रहने गरि नेपाली निर्यात जन्य वस्तुहरुको वृहत प्रदर्शनी आयोजना गर्ने उहाँले बताउनु भयो । निर्यातको बिस्तार, अर्थतन्त्रको सुधार’ भन्ने नाराका साथ परिषद्ले २५ औँ वार्षिक साधारण सभा, रजत जयन्ती एवं सातौ निर्यात दिवस मनाउने भएको हो ।

पत्रकार सम्मेलनमा परिषद्का पूर्वअध्यक्ष नरेशलाल श्रेष्ठले देशको अर्थतन्त्र बलियो बनाउन निर्यातमुखी नीति अबलम्बन गर्न नसके देश श्रीलंकाको अबस्थामा पुग्न धेरैबेर नलाग्ने बताउनु भयो । तीन तहकै सरकारले स्थानीय उत्पादनलाई बिबिधिकरणसंँगै निर्यातलाई प्राथमिकतामा राख्नुपर्ने औल्याउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित