शनिबार, जेष्ठ १६, २०८३ | Sat May 30, 2026


देशको हित विपरित अनुचित स्वार्थमा लाग्ने तत्वको बिनाशका लागि संघर्ष आवश्यक : एमाले अध्यक्ष ओली

देशको हित विपरित अनुचित स्वार्थमा लाग्ने तत्वको बिनाशका लागि संघर्ष आवश्यक : एमाले अध्यक्ष ओली



भक्तपुर, २० फागुन । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको हित विपरित अनुचित स्वार्थमा लाग्ने तत्वको बिनाशका लागि संघर्ष आवश्यक रहेको बताउनु भएको छ ।

भक्तपुरको गठ्ठाघरमा आज आयोजना गरिएको नेपाल बुद्धिजिवी परिषद्को केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उहाँले बौद्धिक वर्गको बिचारले अनुचित स्वार्थको बिनाश, गलत विचारलाई पराजित गर्न बौद्धिक संघर्ष आवश्यक रहेको बताउनु भएको हो ।

बिना प्रयास, बिना मिहेनत नलडी कोही विजयता हुदैन भन्दै उहाँले बिभिन्न सञ्चार माध्यम, सामाजिक सञ्जाल र आर्टिफिसियल इन्टेलिजेन्सलाई प्रयोग गरेर बौद्धिक जगतमा हाबी हुन बुद्धिजिवीलाई आग्रह गर्नु भयो । राजनीति पछाडि परेकाले बौद्धिक वर्गपनि पछाडि परेको भन्दै उहाँले देशको पक्षमा राम्रो गर्न खोज्दा सबै तिरबाट एमाले माथि प्रहार भएको गुनासो गर्नुभयो ।

उहाँले एमाले जस्तो देश बनाउने पार्टी चुनाबमा हार्छ भने देशको राजनीति र जनताको चेतनास्तर कहाँ छ भन्ने बुझ्न सकिने टिप्पणी गर्दै एमाले जस्तो पार्टी बिरुद्ध सबै तिरबाट प्रहार गर्न खोज्नु देशकै लागि दुर्भाग्य भएको बताउनु भयो ।

एमाले अध्यक्ष ओलीले भन्नुभयो, “जनतालाई भ्रममा पार्न, जनतालाई सचेत हुन नदिन चटके कुरा गर्न केही शक्ति सफल भएका छन्, देशका जनतालाई भ्रममा पार्न खोज्ने, अल्मल्याउने, पथभ्रष्ट पार्न खोज्ने शक्तिको जञ्जालबाट जनतालाई मुक्त गर्न बुद्धिजिवीले विगुल फुक्नु आवश्यक छ ।” बुद्धिजिवीले गलत बाटोमा हिडेकालाई सहि र सुल्टो बाटो देखाउन, परिवर्तन र रुपान्तरणको बाटो देखाउन आवश्यक छ भन्दै उहाँले अहिले देशमा भ्रष्ट, जनबिरोधी र राष्ट्रघाती तत्वहरुको आवाज चर्को बन्दै गएको बताउनुभयो ।

बिरोधीहरुले एकै पटक आक्रमण गरेपनि आत्तिन हुदैन भन्दै एमाले अध्यक्ष ओलीले भन्नुभयो, “लगातार १०० जना विरोधीले तपाईको बिरोध गरेभने, नकारात्मक टिप्पणी गरेभने नआत्तिनुस्, तपाईको विचारबाट उनीहरु तर्सिए, आत्तिए र एकैपटक आक्रमण गर्न संगठित हुदै सक्रिय भए भन्ने बुझ्नुस । त्यसरी नकारात्मक टिप्पणीको बाढी आउनु भनेको तपाईंका विचारसँग आत्तिएर उनीहरु खनिए, बिरोधीहरु संगठित रहेछन्, सक्रिय रहेछन् भन्ने बुझुनुस र आफ्नो तयारी गर्नुस् ।”

यो पनि पढ्नुहोस  कक्षा १२ को परीक्षा देशभर एकै साथ सुरु

उहाँले बुद्धिजिवीहरुलाई पढ्न, विषयको अध्ययन गर्न र लेख्न आग्रह गर्दै तयारीका साथ संगठित भएर गलत विचारविरुद्ध सही विचार प्रवाह गर्न आग्रह गर्नुभयो । परिवर्नत, रुपान्तरण भनेको खाली रिभोल्युसन, आन्दोलन, एजिटेशन, आक्रोस आदिको अभिव्यक्ति मात्रै होइन, सामाजिक, आर्थिक अनेक क्षेत्रमा क्षेत्रमा गर्ने विकास हो, भन्दै उहाँले बुद्धिजिवीले लेखनको पक्षलाई अझ सक्रियता दिदै प्रत्येक केन्द्रीय सदस्यले महिनामा कम्तीमा एक पटक लेख लेख्न आग्रह गर्नुभयो ।

एमाले अध्यक्ष ओलीले भन्नुभयो, “अनेक खाले मान्छेले अर्थ न बर्थका लेख लेखेका छन्, चटके शीर्षक राखेर चटके लेख लेखेका छन्, त्योभन्दा त गहन मटेरियल तपाईसँग छ, त्यसलाई दुनियाँका अगाडि प्रस्तुत गरेर देखाउनुहोस ।”

पढेर मात्रै हुदैन लेख्नु पनि पर्छ, ज्ञानलाई बाड्नु पर्छ भन्दै अध्यक्ष ओलीले पानी फेरि राखिएन भने पानको पात पनि सड्छ, दौडाइराखिएन भने घोडा अड्छ, कुद्न बिर्सिनसक्छ, अलिक समय पढ्न छोड्यो भने पढ्न मन लाग्दैन, अलिक समय लेख्न छोड्यो भने लेख्न मन लाग्दैन भन्दै लेख लेख्न आग्रह गर्नुभयो ।

कार्यक्रममा परिषद्का केन्द्रीय अध्यक्ष एवं कार्यक्रमका सभापति डा. दिनेशचन्द्र देवकोटाले लथालिङ्ग अबस्थामा पुगेको माओवादी केन्द्रलाई एमालेले सम्हालेर सत्ताको नेतृत्वमा पुर्याउदा एमालेमाथिनै कुठाराघात गर्ने प्रधानमन्त्री प्रचण्डले यसको ठूलो मूल्य चुकाउनु पर्ने बताउनु भयो । एमालेको सदिक्षा माथि प्रचण्डले कठाराघात गरेको भन्दै उहाँले माओवादीले अबका दिनमा ठूलो क्षति व्यहोर्नु पर्ने बताउनु भयो ।

बुद्धिजिवी परिषद् पार्टीसँग एकाकार भएर अगाडि बढ्ने बताउदै परिषद् अध्यक्ष डा. देवकोटाले एमालेको चुनाबी घोषणा पत्र, प्रतिवद्धता पत्र तयार पार्नदेखि एमालेका अनेकौ अभियानहुदै अहिलेको ग्रासरुट अभियानलाई सफल पार्न लागिरहेको बताउनु भयो ।

त्यसअवसरमा परिषद्को सांगठानिक प्रतिवेदन महासचिव इं.गजेन्द्रप्रसाद थपलियाले, आर्थिक प्रतिवेदन कोषाध्यक्ष गोपीकृष्ण न्यौपानेले, समसामयिक प्रस्ताव सुशिल बिकेले पेश गर्नु भएको प्रतिवेदन माथि देशभरबाट सहभागिहरुबीच छलफल गरिएको थियो ।

यो पनि पढ्नुहोस  कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या बढेपछि अस्पताललाई निर्देशन

कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवं परिषद्का इन्चार्ज मनोजजंग थापा, परिषद्का उपाध्यक्ष डा. दीपेन्द्र भण्डारी, उपमहासचिव गोबिन्द्रबहादुर शाहीलगायतले देशको वर्तमान राजनीचिक परिवेशमा बुद्धिजिवीहरुले खेल्नु पर्ने भुमिकाकोबारेमा चर्चा गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित