शनिबार, जेष्ठ १६, २०८३ | Sat May 30, 2026


अब स्कुलको प्रअ बन्न कुनै पनि राजनीतिक दलको सदस्य नभएको हुनुपर्ने

अब स्कुलको प्रअ बन्न कुनै पनि राजनीतिक दलको सदस्य नभएको हुनुपर्ने



भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकाले खुल्ला प्रतिस्पर्धाबाट प्रअ नियुक्ति गर्ने भएकाे छ ।
त्यस निम्ति शिक्षक पदमा नियुक्त हुँदाका बखत कुनै राजनीतिक दलको सदस्य नरहेको पनि हुनुपर्ने याेग्यता निर्धारण गरेकाे छ ।
त्यसका लागि पालिकाले सूचना प्रकाशन गरि प्रअ हुन इच्छुक शिक्षकलाई १५ दिनभित्र आवेदन दिन अनुराेध गरेकाे छ ।
नगरपालिकाले सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति कार्यविधि २०७९ बनाएकाे जनाएको छ। सामुदायिक विद्यालयमा प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्तिको लागि बनाएकाे कार्यविधिकाे दफा ४ बमोजिम सूचना प्रकाशन गरेकाे उल्लेख गरेकाे छ ।
प्रअ हुनका लागि आधारभूत तह कक्षा १- ५ को लागि मान्यता प्राप्त संस्थाबाट कम्तीमा प्रविणता प्रमाणपत्र तह वा सो उत्तीर्ण गरेकाे, आधारभूत कक्षा १- ८ को लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तिमा स्नातक वा सरह उत्तीर्ण गरेको र माध्यमिक कक्षा १-१०/१२ को लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तिमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण गरेकाे शैक्षिक याेग्यता हुनुपर्ने उल्लेख गरेकाे छ ।
प्रअ हुन चाहने शिक्षकले नेपाली नागरिकताकाे प्रतिलिपिका साथ आफूले हासिल गरेका शैक्षिक याेग्यताका प्रमाणपत्रका प्रतिलिपिमात्र नभई आफूले अध्यापन गरेकाे विषयमा पछिल्लो तीन वर्षकाे नतिजा सिट र मामिला अध्ययनमा आधारित विद्यालय विकास प्रस्ताव समेत पेश गर्नुपर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  चारवटै पालिकामा नमूना मतदान सम्पन्न, कर्मचारीदेखि सुरक्षाकर्मीसमेतले गरे मतदान

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित