शुक्रबार, बैशाख १८, २०८३ | Fri May 01, 2026


भक्तपुर डेङगुको उच्च जोखिममा

भक्तपुर डेङगुको उच्च जोखिममा



भक्तपुर, २५ कार्तिक । भक्तपुर जिल्ला डेङगूको उच्च जोखिममा परेको जनस्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । आइतबार पत्रकार सम्मेलनमार्फत कार्यालयले जिल्लामा डेङगूको अवस्था भयावह भएको जानकारी दिएको हो ।

कार्यालयको तथ्याङ्क अनुसार जिल्लाका चार नगरपालिकामध्ये भक्तपुर र मध्यपुर थिमि डेङगूकोे उच्च जोखिममा रहेको छ । जनस्वास्थ्य कार्यालयका अधिकृत दीपक अच्छामीले भक्तपुरमा हालसम्म एक हजार ७ सय २९ जनामा डेङगू देखिएको जानकारी गराए। उनले भने, ‘यो हामीसँग प्राप्त डाटा मात्रै हो, खास त न्यूनतम पनि यहाँ बिरामीहरूको संख्या यो भन्दा पनि तेब्बर बढी छ।’

कार्यालयसँग सरकारी अस्पतालबाहेकका पोलिक्लिनिक, मेडिकलहरूबाट परीक्षण गरी पोजेटिभ देखिएकाहरूको तथ्याङ्क नभएकाे र वास्तविक पीडित तेब्बरको संख्यामा रहेको अनुमान छ । उनका अनुसार परीक्षण नगरेर पनि तथ्याङ्क नदेखिएहरुको संख्या उतिकै बढी छ।

कार्यालयको तथ्यांक अनुसार जिल्लामा महिला र पुरुषहरूमध्ये सबैभन्दा बढी पुरुषहरू डेङगूको जोखिममा रहेका छन् । जिल्लामा कुल ९ सय ३३ पुरुष र ७ सय ९६ महिला डेङगूका बिरामी छन्। उच्च जोखिममा रहेका नगरपालिकाहरू मध्ये पनि भक्तपुर नगरपालिका क्षेत्रमा डेङगूको जोखिम सबैभन्दा बढी उच्च रहेको छ । तथ्याङ्क अनुसार भक्तपुर नगरपालिका क्षेत्रमा चार सय १६ जना पुरुष र तीन सय ६६ जना महिला गरी कुल सात सय ८२ जना डेङगूका पीडित छन् । त्यसपछि दोश्रो धेरै पीडित मध्यपुर नगरपालिका क्षेत्र छ। यहाँ कुल चार सय ७७ डेङगूका बिरामीहरूमध्ये दुई सय ५६ पुरुष र दुई सय २१ महिला डेङगूका बिरामी रहेका छन् ।  जनस्वास्थ्य कार्यालय भक्तपुर प्रमुख शान्तिराम खतिवडाले सुर्यविनायक  र चाँगुनारायण नगरपालिकामा  परीक्षण नगरेकाले कम संख्या देखाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  नयाँवर्ष २०८० मा भक्तपुरका पर्यटकीयस्थल नगरकोटदेखि रानीकोटसम्म भीड

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित