शुक्रबार, बैशाख १८, २०८३ | Fri May 01, 2026


दूधौली नगर अस्पताललाई भेन्टिलेटर प्रदान

दूधौली नगर अस्पताललाई भेन्टिलेटर प्रदान



सिन्धुली, २५ मंसीर । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले दुधौली नगरपालिका-५ सिर्थौली सिन्धुलीस्थित दुधौली नगर अस्पताललाई भेन्टिलेटर तथा हाई फ्लो नजल क्यानुला प्रदान गरेका छन् । सोमबार एक समारोहका बीच मन्त्री थापाले उक्त भेन्टिलेटर तथा हाई फ्लो नजल क्यानुला हस्तान्तरण गरेका हुन् ।

बागमती प्रदेश स्वास्थ्य मन्त्रालय हेटौंडाको समन्वयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा हेल्थ इन्भाइरन्मेन्ट एण्ड क्लाइमेट एक्सन फाउण्डेशन (हेकाफ ३६०) को तर्फबाट सिन्धुली दुधौलीमा अवस्थित दुधौली नगर अस्पताललाई एक थान भेन्टिलेटर तथा हई फ्लो नजल क्यानुला हस्तान्तरण गरेको हो ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य शकुन्तला श्रेष्ठ, हेकाफ ३६० का अध्यक्ष महेश नकर्मीलगायत प्रतिनिधि, दुधौलीका नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष, अस्पतालका डाइरेक्टर, जनस्वास्थ्य प्रमुख, जिल्ला अस्पतालका मे.सुलगायतको उपस्थिति रहेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  वर्तमान सरकार ढल्ने सम्भावना छैन : कांग्रेस नेता डा. कोइराला

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित