बिहिबार, असार ११, २०८३ | Thu June 25, 2026


सानदार मःम पसलमा आगलागी ११ जना घाइते

सानदार मःम पसलमा आगलागी ११ जना घाइते



काठमाडौं, २४ माघ । काठमाडौं कमलपोखरीस्थित सानदार मःम पसलमा आगलागी भएको छ । बिहीबार बिहान करिब ८ः५० बजे ग्यास चुहावट भई आगलागी हुँदा मःम पसलमा कार्यरत ११ जना कर्मचारी घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी गराएको छ ।

घाइते सबैलाई उपचारका लागि कीर्तिपुर बर्न अस्पतालमा पुर्याइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराले जानकारी दिए । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ । घाइते सबैलाई सुरुमा हिमाल अस्पतालमा लगिएको र त्यहाँबाट कीर्तिपुर पठाइएको जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  उपचारको निम्ति साँगा वा मनोहरा कट्नु पर्दैन : मन्त्री

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित