भक्तपुर, १९ भदौ : शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको प्राङ्गनमा सर्लाहीका ३७ वर्षीय बालगोविन्द यादव नयाँ जीवन पाएर घर फर्किन पाएकोमा खुसीले दंग थिए । आफ्नै श्रीमानलाई आफ्नो आधा कलेजो काटेर श्रीमानको शरीरमा प्रत्यारोपण गरेपछि श्रीमानलाई सकुशल घर लैजान पाएकोमा ३३ वर्षिया श्रीमति मिना कुमारी यादव झनै खुसी देखिन्थिन् ।
बाल गोविन्दको कलेजो बिग्रिएर शरीरमा नहँदा जीवनमरणको संघारमा रहेको बेलामा उपचारकै क्रममा कलेजो प्रत्यारोपण गर्न मिल्ने थाहा पाएपछि श्रीमान्लाई कलेजो दान दिएर भए पनि बचाउँने अठोट व्यक्ति गर्दै उहाँ शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आउनु भएको थियो ।
केन्द्रका चिकित्सकले यही भदौ ८ गते मिना कुमारीको आधा कलेजो काटेर श्रीमान् बाल गोविन्दलाई प्रत्यारोपण गरेपछि उहाँहरु आज डिस्चार्ज भएर घर फर्किनु भएको केन्द्रका प्रशासन प्रमुख हरिहर पोख्रेलले जानकारी दिनुभयो । केन्द्रले यो ३९ औ कलेजो प्रत्यारोपण सम्पन्न गरेको उहाँले जानकारी दिनुभयो । शल्य चिकित्सक डा. रामबाबु साहकोे नेतृत्वमा ६० जना विशेषत्र चिकित्सक, नर्सलगायतको टिमले सफलतापूर्वक कलेजो प्रत्यारोपण सम्पन्न गरेको उहाँले जानकारी दिनुभयो ।
प्रत्यारोपण केन्द्रले १४ वर्षको अवधिमा १ हजार ६८० जनाको मृगौला र ३९ जनाको कलेजो प्रत्यारोपण सम्पन्न गरि सकेको केन्द्रका कार्यकारी निर्देशक डा. कल्पनाकुमारी श्रेष्ठले जानकारी दिनुभयो । यस केन्द्रमा नियमित कलेजो प्रत्यारोपण हुन थालेपछि कलेजो प्रत्यारोपणको लागि विदेश धाउन पर्ने बाध्याता हटेको र यस केन्द्रले देशको सबैभन्दा धेरै (करिब दुई तिहाई) प्रत्यारोपण गर्दै आएको उहाँले बताउनुभयो ।
कलेजो प्रत्यारोपणमा डा. रोशन घिमिरे, डा.लोचन श्रेष्ठ, डा. रुजेन बज्राचार्य, डा. मिलन श्रेष्ठ, डा. अमित यादव, एनेस्थिेसयिा तथा क्रिटिकल केयरका विभागीय प्रमुख डा. आरती राई, डा. निभा श्रेष्ठ, डा. शोभित थापा, रेखा श्रेष्ठ, डा. शिव सुन्दर राजचल, डा. सन्देश खाइजु, डा. रिती फुँयाल, रेडियोलोजि विभागबाट विभागीय प्रमुख डा. कृष्ण बुढाथोकी, डा.जस्मिन जोशी, डा. हितेश रायमाझी, डा. जि. एलीन र इन्दु मिमिरे लगायतको टिम सहभागी हुनु भएको थियो ।
प्रत्यारोपणमा कार्डियोलोजि विभागबाट विभागीय प्रमुख डा प्रवेश न्यौपाने, डा. सचिन लामिछाने, प्याथोलोजि विभागबाट बिभागिय प्रमुख डा. सबिना श्रेष्ठ, डा. सुस्मिता मिमिरे, ल्याब इन्चार्ज विन्दिरा जोशीको टिम सहभागी हुनुहुन्थ्यो । ग्याँस्ट्रोइन्टरोलोजि विभागबाट विभागीय प्रमुख डा. कर्ण राजवंशी, डा. शेखर पौड्याल, पल्मोनोलोजी डा. राजेश किशोर यादव, े निमित्त नर्सिङ्ग निर्देशक सनिषा कार्की, नर्सिङ्ग इन्चार्जहरु बबिता लवजु, एलिसा श्रेष्ठ, मञ्जु भट्टराई, अनिता कार्की, निरु सुवाल, मिना खर्बुजा, ओटी नर्स कामना बोगटी, विनिता कुटु, सबिया नागा, सुवेक्षा शाक्य, केलिना के।सी, बन्दना राई, रविना पक्का, सोनिया गिरी, ज्योति के.सी, सुदिमा रावत, कृष्टिना प्रजापती, अंशुमा दाहाल, आइसियु नर्स अर्पणा सेन, जयन्ति ताम्राकार, देवजना श्रेष्ठ, सजना कासुला, अनु बज्राचार्य, जानुका सुनार, सिता मैया अवालको सहभागिता रहेको थियो ।
प्रत्यारोपणमा ओटी व्यवस्थापनको जिम्मा अमर महर्जन, रामचन्द्र पौडेल, युनिशा खाइतु र गणेश राम कोजु लगायतको टिमले गर्नु भएको थियो भने डाइटिसियन वर्षा भट्टराई र फिजियोथेरापिष्ट शोनि शिख्वालको समेत प्रत्यक्ष संलग्नता रहेको थियो । फार्मेसी विभागबाट सजन खाइतु र दीपा केसीको टोलीले प्रत्यारोपण कार्यमा सहयोग गर्नु भएको थियो । कलेजो प्रत्यारोपणको व्यवस्थापकीय जिम्मेवारी प्रशासन प्रमुख रामप्रसाद आचार्यको टोलीले गरेको, कोर्डिनेशन डा. निरु शर्मा, डा. बृजेश यादव, तारा साँध, सरु कोजु, चाहाना बोगटी, पूजा खड्का लगायतले गर्नु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

