मङ्लबार, बैशाख २९, २०८३ | Tue May 12, 2026


भन्सार छली ल्यापटप र मोबाईलसहित ७ जना पक्राउ

भन्सार छली ल्यापटप र मोबाईलसहित ७ जना पक्राउ



काठमाडौं, १९ चैत । भन्सार छली ल्याएका ल्यापटप र मोबाइलसहित ७ जना पक्राउ परेका छन् । दुबईबाट नेपाल आउने यात्रुहरुलाई ल्यापटप र मोबाईल १/१ थान गरी नेपाल पठाउने र एक जना यात्रुले १/१ थान ल्यापटप र मोबाईल ल्याउदा भन्सार छुट हुने प्रावधान रहेकोले धेरै जना व्यक्तिहरुलाई १/१ थान ल्याटपट र १/१ थान मोवाईल ल्याउन लगाई भन्सार छली चोरी तस्करी भईरहेको भन्ने सूचनाको आधारमा अनुसन्धानका क्रममा सोमबार दुबईबाट आएका ३ जना यात्रु गौशलाबाट १/१ थान ल्यापटप र मोबाइल सहित पक्राउ परे । उनीहरुले ल्याएका सामानहरु लिन आएका अन्य ३ जनालाई समेत सोही स्थानबाट नियन्त्रणमा लिईएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

सामान लिन आउने व्यक्तिहरुको प्रारम्भिक अनुसन्धान गर्दा उल्लेखित सामानहरु न्युरोडको संकटा मन्दिर नजिक एलिट सप्लायर्स प्रालि नामक ल्यापटप पसल संचालक रसिद आलमले भन्सार छली ल्याउन लगाउने गरेको पाइएको छ । उक्त पसल तथा स्टोरमा खानतलासी गर्दा बिल बिजक नभएका डेल कम्पनीका ६९ थान ल्यापटप र २ थान मोबाईल बरामद गरेको कार्यालयका प्रवक्ता एसपी अंगुर जिसीले जानकारी दिए । पक्राउ परेका व्यक्तिहरुलाई बरामदी सामान सहित थप अनुसन्धान एवम् आवश्यक कारबाहीको लागि त्रिभुवन बिमानस्थल भन्सार कार्यालय गौचर, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  भक्तपुरको निर्वाचन क्षेत्र नं. २ मा खत्री विजयी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित