शुक्रबार, कार्तिक ७, २०८३ | Fri October 23, 2026


रसुवामा बाढीले निम्त्याएको विनाशको पीडा मनमा राख्दै यस वर्षको बडादशैँ मनाउनु परेकाे छ : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर

रसुवामा बाढीले निम्त्याएको विनाशको पीडा मनमा राख्दै यस वर्षको बडादशैँ मनाउनु परेकाे छ : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर



काठमाडौं, ५ कात्तिक। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढीले निम्त्याएको विनाशको पीडा मनमा राख्दै यस वर्षको बडादशैँ मनाउनु परेको बताउनुभएको छ ।

विजयादशमीका अवसरमा उहाँले आफन्त तथा मान्यजनबाट टीका, जमरा र प्रसाद ग्रहण गरी आशीर्वाद लिनुभएको छ भने टीका थाप्न आउनुभएका व्यक्तिहरूलाई आशीर्वाद दिनुभएको छ।

मुख्यमन्त्री थापा मगरले सामाजिक सञ्जालमार्फत आफ्नो भावना व्यक्त गर्दै भन्नुभएको छ, “मन(मुटुभरि रसुवा बाढीको विपत्तिले निम्त्याएको विनाश सम्झिरहँदा पनि सधैँझैँ यसपटक पनि बडादसैँमा आफ्ना आफन्तजन तथा मान्यजनबाट टीका, जमरा र प्रसाद ग्रहण गरी आशीर्वाद लिएँ, आशीर्वाद लिन आउनुभएका सबैलाई आशीर्वाद दिएर बडादसैँको दसौँ दिन विजयादशमी मनाइयो।”

उहाँले जस्तोसुकै परिस्थितिमा पनि सनातन संस्कृति तथा परम्परालाई नछोड्ने र त्यसलाई निरन्तरता दिने नेपालीहरूको स्वभाव रहेको उल्लेख गर्दै यसलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गर्नुभएको छ। उहाँले चाडपर्वको खुसी मनाउँदा विपत्तिमा परेका नागरिकको दुःख र पीडालाई नबिर्सिएको बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  गुण्डुमा घरदैलो : चोकचोकमा स्वागतको लहर, मतदाता भन्छन् : भक्तपर जिल्लाको बत्ति अब कहिल्य ननिभोस्

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित