भक्तपर, ८ फागुन । ‘बाबु, भक्तपुर जिल्लाको बत्ति तपाईनै हो, यो बत्ति अब ननिभोस्, तपाईको जितले भक्तपुर उज्यालो बनिरहोस् ।’ हातमा रहेको टीका र माला लगाईदिदै एमालेका तर्फबाट आउँदो फागुन २१ गतेको निर्वाचनमा प्रतिनिधि सभा सदस्यका उम्मेदवार महेश बस्नेतलाई गुण्डुको घरदैलोको क्रममा स्थानीइ एक महिलाले दिएको आर्शिवाद हो यो ।
नेकपा एमाले सूर्यविनायक नगरपालिका–७ नगर कमिटी गुण्डुले शुक्रबार आयोजना गरेको घरदैलो कार्यक्रममा स्थानीइ ९० वर्षीय आमा चिनीमाया कार्कीले टीका, माला, खादा लगाईदिएर सही, केरा र स्याउँका सगुन खानदिई ‘सधै विजयी रहनु, केसैले पराजित गर्न नसाकोस्, भगवाण सधै दाहिना हुन । म जस्तै धेरै बाबुआमाको आँखाको आँसु पुछिदिने भगवाण बनिरहनु ।’ आर्शिवाद प्रदान गर्नु भयो ।
घरदैलोकै क्रममा स्थानीय एक जेष्ठ नागरिकले फूलाको माला र टीका लगाएर शुभकामना दिदै गाउँमा केही दिन यता मुखमा माक्सा लगाएर हातमा झोका बोकेको अपरिचित व्यक्तिहरुको आवतजावत बढेकाले त्रास फैलिएको भन्दै कम्तीमा चुनाबसम्म माक्स लाएर हिडन र झोला बोकेर हिड्न नपाउने व्यबस्था गर्नु माग गर्नु भयो ।
इो त केही उदाहरण मात्रै हुन् । गुण्डुको बसपार्कबाट सुरु भएको घरदैलोको क्रममा भदौ २३ र २४ गतेको जनआन्दोलनमा जलाईएको घर अगाडि स्थानीयले भव्य स्वागत गर्दा घर हेर्दै नेता महेश बस्नेतको आमाको आँखा निकैबेर रसायो ।
आन्दोलनमा भएको लुटपात र आगजनील् खण्डहर बनेको घरको दैलोमा भएको स्थानीयको स्वागत तथा आर्शिवादको क्रममा नेता बस्नेतको आमाले त्यस दिनलाई सम्झदै मकै छोडाएर बसेका दई श्रीमान् श्रीमतिलाई झण्डै भर्याङ्गबाटझारिदिएको र छोरीलाई झण्डै आगोमा हालेको स्मरण गर्नुभयो ।
नेता बस्नेतको आमाले गहँभरिका आँसु टपक्क भुईमा झार्द भन्नुभयो, ‘मेरो छोरोको कमाईले बनाएको घर होईन, हामी श्रीमान् श्रीमतिले निकै दःख गरेर, जग्गा बेचेर बनाएको घर जलाए पनि आज साथ दिने जनता धेरै रहेछन् भन्ने सम्झेको छु, घर त जलाएँ जलाएँ, सामाजिक सञ्जालमा हेर्नै नसक्ने गाली गरेका छन्, तिनका पनि त बाँऊ आमा होलान् नी, एक दिन सत्यको जित हुन्छ ।’
छिमेकी र आफन्तले दुबोको माला, टीकाजलाईएको घर अगाडि उभिएको भीडको बीचमा बसेका नेता महेश बस्नेतले घरमा धेरै केमिकल प्रयोग गरेर जलाएकाले इन्जिनियले घरको बायोमेट्रिक जाँच गर्दा घर परै भत्त्काउनै पर्छ भनेर रिपोटी दिएको बनाउनु पर्छ भनेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘घर जलाउनुको साथै घरभित्रका धेरै सामानहरु चेरेर लगेको, आमाको श्रीमति, बहिनीको र भर्खरै विवनह भएका छोरीकोसमेत सुनका गहनाहरु लुटेर लगेको बताउदै घर जलाउन आउँनहरुको फोटो र भिडियोसहति उजुरी गर्द पनि पक्राउ नपरेको बताउनुभयो ।
खादा लगाएर आशिएवाद दिईरहदाँ खण्डहरु घरले हेरिरहे झै देखिन्थ्यो । वडा नं. ७ गुण्डुको सबै टोलटोल र बस्ती बस्तीमा भएको घरदैलोमा लामा, नेवार, दलित, बाहुन, क्षत्री सबै टोल र बस्तीबाट घरघरबाट फूल माला, अबिर जात्रा गरेजस्तै गरेको स्वागतले उत्सवमय देखिएको थियो ।
टीका र माला लगाउने क्रममा केहीले अब गल्ती दोहरिदैन, भोट अन्त जादैन, भक्तपुरलाई अरुले गर्दैन् महेश नै चाहिन्छ भन्द प्रतिक्रिया दिईरहेका देखिन्थे । जेष्ठनागरिक मात्रै नभई, जेनजी पुस्ता, किशोर, किशोरी र युवा युवतीहरु पनि घरदैलोमा उत्तिकै सहभागि जनाएका देखिन्छ ।

