शनिबार, कार्तिक ८, २०८३ | Sat October 24, 2026


रवि लामिछाने तीर्थाटनका लागि भारत प्रस्थान

रवि लामिछाने तीर्थाटनका लागि भारत प्रस्थान



काठमाडौँ, ६ कात्तिक : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीर्थाटनका लागि भारत प्रस्थान गर्नु भएको छ । उहाँ तीन दिने भ्रमणका लागि आज भारत जान भएको उहाँको सचिवालयले जानकारी दिएको छ ।

सभापति लामिछाने धनगढी विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गदै आफ्नो भारत भ्रमण नितान्त व्यक्तिगत र धार्मिक भ्रमण भएको बताउनुभयो । उहाँले भ्रमणका क्रममा भारतको उत्तराखण्ड, नैनीतालस्थित कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या देवीको पूजाअर्चना गर्ने बताउनुभयो । उहाँको साथमा उहाँको श्रमिति निकिता पौडेलको पनि सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित