शनिबार, कार्तिक १५, २०८३ | Sat October 31, 2026


बिपी राजमार्ग अवरुद्ध, राजमार्गको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह

बिपी राजमार्ग अवरुद्ध, राजमार्गको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह



काभ्रेपलाञ्चोक, १४ कात्तिकः रोशी गाउँपालिका–९ पिन्थलीमा पहिरो खसेपछि बिपी राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयले रोशी गाउँपालिका–८ गिम्दीबेँसीमा पनि पहिरो खसेको जनाउँदै उक्त राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको बताएको छ ।

वर्षा जारी रहेकाले तत्काल बाटो खोल्न सहज नहुने उक्त कार्यालयका सूचना अधिकारी रविन विष्टले बताउनुभयो । राजमार्गको अवस्था बुझेर मात्र यात्रा गर्न उहाँले सर्वसाधारणमा अनुरोध गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  बेलुका ९ बजेर ७ मिनेट जाँदा सुदूरपश्चिममा भूकम्पको झट्का

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित