बिहिबार, बैशाख १७, २०८३ | Thu April 30, 2026


जनता भन्छन् : यस कारण किरण थापालाई भोट, लौरो अभियानका उम्मेदवार घिमिरेको पनि समर्थन

जनता भन्छन् : यस कारण किरण थापालाई भोट, लौरो अभियानका उम्मेदवार घिमिरेको पनि समर्थन



भक्तपुर, २७ कात्तिक । किरण थापा भक्तपुरमा हरेक क्षेत्रमा सुन्दै आएको नाम हो । एउटा किसानको छोरो, सानैदेखि समाजसेवामा समर्पित रहदै आएका यो नाम आजसम्म आइपुग्दा नेकपा एमालेबाट वाग्मपति प्रदेश सभाका लागि भक्तपुर क्षेत्र नं. २ प्रदेश सभा (क) बाट उम्मेदबार भएपछि मात्रै चिनिएको नाम भने होइन ।

नेपाल रेडक्रस सोसाईटी मार्फत समाज र जनताको सेवामा समर्पित रहदै आएका थापाले समाज र आफ्ना गाउँको बिकासमा काम गर्दागर्दै सबैको मन मनमा बस्न सफल भए । केहीवर्ष अगाडिसम्म एउटा सिटामोल समेत नपाउने सिपाडोलका धेरै क्षेत्रहरु, विकट आशापुरी क्षेत्रमा जिल्ला विकास समितिको सदस्य हुँदा यातायातका साधन पुर्याउन पहिलो पटक सडक खोल्ने यिनै थापा हुन् । जसले सिपाडोल क्षेत्रको मुहार फेर्ने निडर व्यक्तिको भूमिका निर्वाह गरे ।

त्यति मात्रै गरेनन् उनले वडाध्यक्ष हुदै सूर्यविनायक नगरपालिकामा कार्यपालिकामा रहदाँ घ्याम्पेडाँडा हुदै आशापुरी जोड्ने सडक, पाटी भञ्याङ्गबाट बोकाचो गढी जोड्ने सडक निर्माण गर्नुका साथै सूर्यविनाक र जगातीबाट डोलेश्वर, आशापुरी जाने सडक दुबै तर्फ कालोपत्र गर्ने, यहाँका बासिन्दालाई खानेपाीको पुहँच पुर्याउन ठाउँ ठाउँमा पानी ट्यांकी निर्माण गर्ने, घरघरमा धारा पुर्याउन कामलाई पूर्णता दिए ।

डोलेश्वर महादेव मन्दिरलाई केदारनाथको शीर डोलेश्वर महादेव मन्दिरको घोषणा गरेर यस क्षेत्रको बिकासमा महत्वपूर्ण र नेतृत्वदायी भूमिका निर्वाह गर्ने थापाले डोलेश्वर मन्दिरको पुर्ननिर्माणमा ठूलो टेवा पर्याए ।

उच्च शिक्षा अध्ययनका लागि भाडामा कोठा लिएर भक्तपुरको बजारमा बस्नु पर्ने सिपाडोलका बासिन्दाका लागि सिपाडोलमै कक्षा १२ सम्मको गुणस्तरीय शिक्षा दिने सक्ने अबस्थामा पुर्याउने व्यक्ति पनि यिनै किरण थापा नै हुन भन्दा अत्युक्ती हुदैन ।

वडा अध्यक्ष भएपछि तत्कालिन सांसद महेश बस्नेतको सांसद विकास कोषको रकमबाट कोरोना महामारीमा अस्पताल निर्माणको योजना बनाए पनि किरण थापाकै आँटमा अस्पताल निर्माणले सार्थकता पाएको स्थानीयबीच यथार्थ लुकेको छैन ।

यो पनि पढ्नुहोस  स्वास्थ्य मन्त्रालयको स्पष्टोक्त्ती : डिजिटल पार्क’ स्थान अझै तोकिएको छैन

कोरोना महामारीमा आम जनता र नेताहरु घरभित्र बसीरहदाँ कोरोनाले थलिएका बिरामीलाई आफ्नै गाडीमा राखेर कोरोनाका बिरामीलाई अस्पताल पुर्याउन, बेड नपाएका बिरामीलाई बेडको व्यबस्था गर्न, अक्सिजन सकिएका बिरामीका घरमा अक्सिजन पुर्याउन, घरघरमा औषधि पुर्याउन निष्मित खटिरहदाँ आफै पनि तीन पटक कोरोनाको शिकार भए तर पनि उनको त्यो सामाजियक दायित्को यात्रा रोकिएन । कोरोना महामारीमा जनताको सेवा गर्ने, खान नपाएकालाई राहत बाड्ने घर जान सडकमा अलपत्र परेकालाई जगाती चोकमा निःशुल्क खानाको व्यबस्था गर्दै राती गाडी रिर्जभ गरिदिएर घरघर पठाउने, विदेशबाट फर्किएका नेपालीलाई राख्न जगातीमै १०० शैयाको आइशोलेसन सेन्टर निर्माण गर्ने काम यिनै किरण थापाले गरे ।

सूर्यविनायक नगर अस्पताल निर्माणको सुरुदेखि अन्त्यसम्म खटिने यहाँका निर्माण समितिका रहेका सबै व्यक्ति अझै पनि भन्छन्, किरण थापाले ठूलो चुनौती थेगेर अगाडि बढेर अस्पताल निर्माणमा नजुटेको भए सायद यो अस्पताल अहिलेसम्म निर्माण भएर सञ्चालनमा आउने थिएन । यसमा उनको लगनशिलता धेरै रहेको छ ।

सिपाडोलको मात्रै होइन, समग्र सूर्यविनायक नगरपालिकाको बिकासमा टेवा पर्याउन महत्वपूर्ण भूमिका खेलेका किरण थापाले नगरपालिका कार्यपालिका सदस्य र सामाजिक विकास समितिको संयोजक भएर नगरपालिका भित्रको शिक्षा, स्वास्थ्यलगायत बिभिन्न क्षेत्रको विकासमा टेवा पुर्याए । सूर्यविनायकको स्थानीय पाठ्यक्रम निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरे ।

तत्कालिन जिल्ला बिकास समितिको सदस्य हुँदा समेत सरकारको तर्फबाट दिएको तलब, भत्ता, गाडी, पेट्रोल, मोवाइलको सेवा नलिएका उनले वडाध्यक्ष हुँदा समेत उनले सरकारबाट र नगरपालिकाबाट पाउने कुनै पनि सुबिधा आफूले उपभोग गर्ने गरि लिएनन् । आएको रकम एक मुष्ट रुपमा गरिब बिद्यार्थीलाई निःशुल्क अध्ययन गर्न र अध्ययन सामग्री खरिद गर्नका लागि भन्दै गणेश माध्यमिक विद्यालयमा १५ अक्षयकोष खडा गरेर अहिले त्यो अक्षयकोषमा झण्डै ३५ लाख पुर्याउन सफल भए । अहिले पनि उनले घोषणा गरिसकेका छन् वागमती प्रदेश सभामा चुनिएर गएपनि पाउने तलब, भत्ता र सुबिधा कुनै पनि नलिने घोषणा उनले गरिसकेका छन् ।

यो पनि पढ्नुहोस  अधिकार दियो हतियार दिएन : वडाध्यक्ष कृष्णहरी आचार्य

अहिले चुनाबी माहौल तात्दै गएर उनै किरण थापाको पल्लाभारी भइरहदाा लौरो अभियानका प्रदेश सभाका उम्मेदवार उत्तर प्रसाद घिमिरेले पनि एमालेका उम्मेदवार उनै किरण थापालाई समर्थन गर्ने घोषणा गरेका छन् ।
एमाले भक्तपुर क्षेत्र नं. २ निर्वाचन परिचालन कमिटीले सूर्य विनायक नगरपालिका वडा नं. ४ दधिकोटमा आयोजना गरेको कार्यक्रममा लौरो अभियानका उम्मेदवार घिमिरेले एमाले उम्मेदवार थापालाई समर्थन गरेका घोषणा गरेका छन् ।

घिमिरेले थापालाई आफ्नो अभियानको लौरो जनतालाई साक्षी राख्दै थापालाई हस्तान्तरण गर्दै एमालेको घरदैलो अभियानमा सहभागिता जनाई जनतासामु भोट माग्दै जनताको घरदैलोमा समेत पुगे पछि मतदातामा थप उत्साह बढेको छ ।

आफ्नो समर्थन एमाले उम्मेदवार थापालाई रहेको बताउदै लौरो अभियानका उम्मेदवार घिमिरेले आफू कुनै लोभ लालच, प्रभाव तथा दवाबमा नपरी उहाँको योगदानको मूल्यांकन गर्दै स्वतःस्फूर्त रूपमा थापालाई समर्थन गरेको बताएका छन् ।
आफूले लिने हैन, सधै अरुलाई दिइरहने थापाले आफ्ना बिभिन्न कम्पनीमा गरि प्रतक्ष्य, अप्रतक्ष्य ५०० युवालाई रोजगारी दिएका छन् ।

सूर्यविनायकलाई पर्यटन प्रबर्दनसँगै औद्योगिक क्षेत्रको रुपमा समेत बिकास गर्दै यहाँका युवा युवतीलाई रोजगारीको व्यबस्था गर्ने, महिलाहरुलाई व्यक्तिगत तथा समूहगत रुपमा उद्यमी बनाउन सीपमूलक तालिम ल्याउने र त्यसलाई रोजगारीमा परिणत गर्ने जस्ता योजना उहाँले अगाडि सार्नु भएको छ ।

बिभिन्न बाहनामा जनता लुट्ने हैन, जनताको पक्षमा निरन्तर काम गर्ने, जनताको सुखदुखमा साथ दिने, अप्ठ्यारो पर्दा सघाउने, आफ्नो क्षेत्रको बिकासमा बजेट ल्याउने दिनरात नभनी जनताको सेवा गर्ने उनै किरण थापालाई जिताउन यस पटक सूर्यलाई रोज्ने बताउछन् सूर्यविनायकका जनता ।

चुनावी यो कुम्भ मेलामा किरण थापा एक्लै छैनन्, विगत ३० वर्षमा पनि हुन नसकेको बिकास पाँच वर्षमा गरेर जनताको मन जित्न सफल एमालेका युवा नेता महेश बस्नेत पनि सँगै छन् । भक्तपुर क्षेत्र नं. २ प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका एमालेका नेता महेब बस्नेतका साथ पनि छ । त्यो भन्दा पनि ठूलो बस्नेत र थापालाई आम जनताको साथ र समर्थन छ । बस्नेत र थापालाई यो चुनाबमा जिताएर भक्तपुर जिल्लालाई नेपालकै नमूना र बिकासको उत्कृष्ठ जिल्ला बनाउने अभियानलाई जनताको साथ र समर्थन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित