बिहिबार, बैशाख १७, २०८३ | Thu April 30, 2026


दूर्लभको दैलोबाट एमाले उम्मेदवार महेश बस्नेत र किरण थापालाई विजयको सन्देश : हेर्नुस् तस्विरमा

दूर्लभको दैलोबाट एमाले उम्मेदवार महेश बस्नेत र किरण थापालाई विजयको सन्देश : हेर्नुस् तस्विरमा



भक्तपुर, ३० कात्तिक । भक्तपुर क्षेत्र नं. २ बाट एमालेका प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेत र प्रदेश सभा २ (क) का उम्मेदवार किरण थापालाई प्रतिद्धन्द्धी गठबन्धनका उम्मेदवार काँग्ेस नेता दूर्लभ थापाको दैलोबाट विजयको सन्देश आएको छ ।

आज सूर्यविनायक नगरपालिका–५ कटुञ्जे घर भएका काँग्ेस उम्मेदवार थापाको दैलो रहेको कटुञ्जेबाट कटुञ्जेकाबासीले विजयीको सन्देश दिदै एमाले उम्मेदवार महेश बस्नेत र किरण थापालाई टीका, फूल, माला, खादा र दहीको सगुनले स्वागत गरेका हुन् ।

कटुञ्जेका बासिन्दाले घरघरबाट भव्य स्वागत गर्दै विजयको सन्देश दिएका छन् भने त्यहाको टोल बस्ती र वडाका बासिन्दाले एमालेका पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री एवं एमालेका प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेत र किरण थापालाई घरघरबाट स्वागत गर्दै सहभागिता जनाएका छन् ।

पार्टी भन्दा माथि उठेर राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको पक्षधर एमालेलाई मतदान गर्ने र भक्तपुरको बिकासमा ठूलो टेवा पुर्याउने महेश बस्नेतलाई मत दिएर अत्याधिक बहुमतले विजयी गराउने सन्देश दिदै कटुञ्जेवासीले ‘एमाले आउँ, देश बचाउ’ भन्दै बस्नेत र थापाको पक्षमा नारा लगाएका थिए ।

एमालेले आज हजारौंको संख्यामा जनताको सहभागितामा घरदैलो आयोजना गरेको छ भने घरदैलो कार्यक्रममा स्वतस्फुर्त रुपमा स्थानीयवासीको जनसागर नै उर्लिएको छ ।

जनताको साथ र सहयोगमा एमाले क्षेत्र नं. २ उत्साही भएको र एमालेको दैनिक रुपमा भएको घरदैलो कार्यक्रममा सयौं स्थानीयवासीको उपस्थिती रहेपछि गठबन्धनका दलहरुमा निराशा छाएको छ ।

क्षेत्र नं. २ प्रतिनिधिसभाको तर्फबाट एमालेको पोलिटव्युुरो सदस्य, पूर्वमन्त्री बस्नेत, सूर्यविनायक क्षेत्रबाट थापा तथा मध्यपुर क्षेत्रबाट चन्दनकृष्ण श्रेष्ठलाई एमालेले उम्मेदवार उठाएको छ ।

त्यस्तै गोविन्द प्रसाद दुलाललाई प्रतिनिधिसभाको समानुपातिक तथा सकुन्तला श्रेष्ठलाई प्रदेशसभा समानुपातिक उम्मेदवार उठाएको छ । कांग्रेसका जिल्ला सभापति समेत रहनुभएका गठबन्धनका उम्मेदवार दुर्लभ थापाको वडामा एमालेले हजारौंको संख्याका घरदैलो गरी शक्ति प्रदर्शन गरेको छ ।

यो पनि पढ्नुहोस  रवि लामिछानेसहित चारै जनालाई १३ दिन हिरासतमा राख्न म्याद थप

घरदैलो कार्यक्रममा स्वतस्फुर्त रुपमा नेता, कार्यकर्ता तथा स्थानीयवासीको उल्लेख्य उपस्थिती रहेको थियो । उपस्थिती स्थानीयवासीले ‘महेश, किरण आउ, भक्तपुर समृद्ध बनाउन’, ‘महेश बस्नेत, किरण थापा जिन्दावाद, नेकपा एमाले जिन्दावाद’, ‘महेश–किरण हाई, हाई अरुलाई वाई वाई’, ‘भोट फर महेश–किरण’, सूर्यमा भोट अरुलाई चोट, सूर्यमा भोट झ्याप झ्याप, आमा बुबा दाजु भाई भोट हालौं सूर्यलाई लगायतका नाराहरु लगाएका थिए ।

कार्यक्रममा स्थानीयवासीले उम्मेदवारहरुलाई टोल टोलमा रहेका समस्या तथा गुनासोहरु व्यक्त गरेका थिए । उक्त क्रममा उम्मेदवारहरुले जन चाहना अनुसारका विकासका कार्यहरु पुरा गर्ने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य निर्मलकुमार भट्टराई, बागमती प्रदेश सदस्य शशी जंग थापा, राजेन्द्र राजथला, जिल्ला अध्यक्ष बचन देउजालगायतको उपस्थिती रहेको थियो ।

क्षेत्र नं. २ मा सूर्यविनायक र मध्यपुर थिमी नगरपालिका पर्दछन् । एमालेले पहिलो चरणमा सूर्यविनायक नगरपालिकाका १० वटा र मध्यपुर थिमी नगरपालिकाका ९ वटा वडाहरुमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

त्यस्तै निर्वाचन परिचालन कमिटीले सूर्यविनायकको वडा नं. ५ कटुञ्जे (चक्रपाणी चोक) र वडा नं. २ बालकोट र मध्यपुर थिमी अन्तरगत वडा नं. ३ कौशलटार र वडा नं. ८ मा प्रदेश स्तरीय चुनावी सभा सम्पन्न गरेको छ ।

त्यस्तै एमालेले विहिवार ३ बजे दिउँसो मध्यपुर थिमी नगरपालिका वडा नं. ६ चपाचोमा क्षेत्रीय स्तरको बृहत चुनावी सभा आयोजना गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित