भक्तपुर, २३ भदौ राजधानीमा आज भएको आन्दोलनको क्रममा घाईतेको लागि रगत अभाव भइरहेको जानकारी आए पछि नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाले रगत नपाए भक्तपुर आउँन आव्हान गरेको छ ।
शाखाका मन्त्री धर्मराज कार्कीले अस्पतालहरुमा रगत अभाव भएर उपचारमा समस्या आइरहेको जानकारी पाएकाले रगत चाहिए भक्तपुर आउँन उहाँले आव्हान गर्नु भएको हो ।
उहाँले भन्नुभयो, “भक्तपुरमा रगत प्रशस्त छ, हामीले अहिले ८ बजेसम्म पनि सूर्यविनायक चोकमा आकस्मिक रक्तदान गरिहरको छौ, भोली पनि धेरै ठाउँमा बिहानैदेखि आकस्मिक रक्तदान कार्यक्रम राखेका छौँ । रगत चाहिए भक्तपुर रेडक्रस आउँनुस् हामी २४ सै घण्टा रगत दिन्छौँ ।”
मन्त्री कार्कीले रगत चाहिए नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाको ब्लड बैंकमा आउन वा मोवाइल नं. ९८५११३८३३१ मा सम्पर्क गर्न समेत आग्रह गर्नुभयो ।

